काठमाडौं – नेपाली स्थानीय तथा रैथाने उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने लक्ष्यसहित स्थापना भएको पहाडी फुड्सले अष्ट्रेलियामा आफ्नो बजार विस्तार गरेको छ। कम्पनीका करिब ३५० प्रकारका खाद्य तथा गैरखाद्य उत्पादन अहिले अष्ट्रेलियाका विभिन्न सहरमा उपलब्ध हुन थालेका छन्।
पहाडी फुड्सका अनुसार अष्ट्रेलियामा कम्पनीको आधिकारिक वितरकका रूपमा हर्ना कर्पोरेसन, मेलबर्न, भिक्टोरिया रहेको छ। वितरकमातहत मेलबर्न, तास्मानिया र पर्थका विभिन्न नेपाली तथा एसियाली किराना पसलमार्फत पहाडीका उत्पादन बिक्री भइरहेका छन्।कम्पनीका उत्पादनमा दाल, गेडागुडी, अचार, महलगायत खाद्य सामग्रीसँगै नेपाली मौलिक पहिचान बोकेका दौरा–सुरुवाल, ढाका टोपी, कुचोलगायतका करिब ३५० प्रकारका उत्पादन रहेका छन्।
मेलबर्नदेखि पर्थसम्म बजार विस्तार
पहाडी फुड्सका उत्पादन मेलबर्न क्षेत्रमा बिगबजार ९ग्लेनरोय०, टच अफ एसिया (ग्लेनरोय र क्रेगिबर्न), केटीएम बजार (वोलर्ट र क्रेगिबर्न), लालिगुराँस ग्रोसरी (कोबर्ग), कोबर्ग पसल, नेपमार्ट ९सनसाइन०, नेप्से मार्ट र किराना प्यान्ट्री ९सनसाइन० लगायतका स्टोरमा उपलब्ध छन्।त्यस्तै, तास्मानियाको लाउन्सेस्टन र होबार्टमा मेनुका स्टोर, बुद्धा एसियन ग्रोसरी, लाउन्सेस्टन मार्ट र नमस्ते स्पाइसबाट पहाडीका उत्पादन खरिद गर्न सकिने कम्पनीले जनाएको छ। पर्थमा भने केटीएम मार्ट र बासमती ग्रोसरीमार्फत पहाडी फुड्सका उत्पादन बिक्री भइरहेका छन्।कम्पनीका अनुसार अष्ट्रेलियामा करिब १ लाख ९५ हजार अमेरिकी डलर बराबरका उत्पादन निर्यात भइसकेका छन्। निर्यात गरिएका उत्पादनमा नेपाली खाद्य सामग्रीदेखि परम्परागत पहिरन तथा घरायसी सामग्रीसम्म समावेश छन्।
स्थानीय उत्पादनलाई विश्व बजारमा पुर्याउने लक्ष्य
पहाडी फुड्सले नेपालका पहाडी तथा ग्रामीण क्षेत्रका किसानबाट उत्पादित स्थानीय, अर्गानिक तथा परम्परागत खाद्य सामग्रीलाई बजारसँग जोड्दै आएको जनाएको छ। स्थानीय किसानले उत्पादन गरेका सामग्रीलाई प्रशोधन, प्याकेजिङ तथा बजारीकरण गरी अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने कम्पनीको लक्ष्य छ।
अष्ट्रेलियामा बजार विस्तारले नेपाली स्थानीय उत्पादनप्रति अन्तर्राष्ट्रिय उपभोक्ताको आकर्षण र माग बढिरहेको देखाएको कम्पनीको भनाइ छ। नेपाली माटोमा उत्पादित अन्न तथा स्थानीय स्रोतमा आधारित उत्पादनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रशोधन गरेर विश्व बजारमा पु¥याउने प्रयास भइरहेको कम्पनीले जनाएको छ।
पहाडी फुड्सले हाल अमेरिका, अष्ट्रेलिया, बेलायत, जापान र भारतलगायतका मुलुकमा आफ्ना उत्पादन निर्यात गर्दै आएको जनाएको छ। युरोपेली बजारमा भने हालसम्म निर्यात सुरु नभएको र त्यहाँ बजार विस्तारका लागि वितरकको खोजी भइरहेको कम्पनीले जनाएको छ।
कम्पनी सञ्चालनमा आएको करिब तीन वर्ष भएको छ। अन्य मुलुकमा उत्पादनको माग तथा उपभोक्ताबाट प्राप्त सकारात्मक प्रतिक्रियालाई आधार बनाउँदै आगामी दिनमा उत्पादनको दायरा र निर्यात परिमाण थप विस्तार गर्ने योजना पहाडी फुड्सले अघि सारेको छ।






About Us
प्रतिक्रिया