आर्थिक वर्षको सुरुमै ५ सय १६ वटा बैंकिङ्ग कसुर सम्बन्धी मुद्दा दर्ता, २ सय १२ जना समातिए 

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ज्ञानु श्रेष्ठ, काठमाडौँ । 

नेपाल प्रहरीले यस चालु आर्थिक वर्षको साउन महिनामै बैंकिङ्ग अपराध र चेक बाउन्स सम्बन्धी ५ सय ६० वटा मुद्दा दर्ता भएको तथ्याङक सार्वजनिक गरेको छ । शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गर्दै  आर्थिक वर्ष २०८०/८१ को साउन महिनामा मात्रै ५ सय ६० जना उपर मुद्दा दर्ता गरिएकोमा २१२ जना पक्राउ परेको बताएको हो । यस्तै अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५१६ जनामाथि मुद्दा दर्ता भएको थियो भने ८१ जना पक्राउ परेका थिए । 

\"\"

यस्तै बैंक खातामा अनाधिकृत पहुँच पुर्याई चोरी गर्ने साउन महिनामा मात्रै ३ जनामाथि मुद्दा दर्ता भएको छ भने १ लाख ५३ हजार रुपैँया अपचलन भएको छ । यस्तै अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ९ जनामाथि मुद्दा दर्ता गरिएको छ भने एक लाख ४५ हजार ८ सय ९० रुपैँया अपचलन भएको थियो । 

पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसपी कुमुध ढुंगेलले यतीबेला बैंकिङ कसुर चुनौतीपूर्ण बन्दै गएको बताउँदै उनले भने, ‘बैंकिङ कसुर जटिल चुनौती बन्दै गइरहेको छ । बैंकलाई आफ्नै कर्मचारीले रकमको हिनामिना गर्ने मात्रै होइन एटीएम कार्डको दुरूपयोग, नक्कली शैक्षिक प्रमाणपत्र, कर्जा गरेर तथा पछिल्लो समय प्रणाली ह्याकिङका घटनाले पनि बैंकिङ कसुर चुनौतीपूर्ण बन्दै गइरहेको छ ।’ 

\"\"