वैदेशिक रोजगारः १५ वर्षमा १२ हजार बढी नेपालीले गुमाए ज्यान  

वैदेशिक रोजगारः १५ वर्षमा १२ हजार बढी नेपालीले गुमाए ज्यान  

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भावना अवस्थी, काठमाडौँ । 

वैदेशिक रोजगारीका क्रममा भित्रिएको विप्रेषणबाट देशको अर्थतन्त्र चलायमान भए पनि विदेशी भूमिमा ज्यान गुमाएका नेपालीको संख्या डरलाग्दो छ । स्वदेशमा रोजगारीको पर्याप्त अवसर नहुँदा नेपाली युवाले अनाहकमै प्राण त्याग्नु पर्ने तीतो यथार्थ हामीसँग छ ।

पछिल्ला १५ वर्षको अवधिमा रोजगारीमा गएकामध्ये १२ हजार १४० जना नेपालीले विदेशी भूमिमा ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०६५/६६ देखि हालसम्म आइपुग्दा  १२ हजार १४० जना नेपालीले रोजगारीका क्रममा विदेशी भूमिमा ज्यान गुमाएको वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी राजन पौडेलले बताएका छन् । उनका अनुसार गत आर्थिक वर्षमा मात्रै विदेशी भूमिमा ज्यान गुमाउनेको संख्या १२ सय ८ रहेको छ  । 

यो पनि 

अवैध रुपमा विदेशिएर मृत्यु हुने वा बेपत्ता हुनेको तथ्यांक त सरकारसँग छैन । गत वर्षमा मृत्यु भएका व्यक्तिको परिवारलाई वैदेशिक रोजगार बोर्डले आर्थिक सहायतास्वरुप ६५ करोड ५१ लाख ८० हजार रुपैयाँ उपलब्ध गराएको छ  भने विदेशी भूमिमा ज्यान गुमाएकामध्ये ३४ जना महिला र ७८४ जना पुरुष गरेर ८१८ जनाको शव व्यवस्थापनका लागि बोर्डले २ करोड ८५ लाख ८० हजार उपलब्ध गराएको छ  । 

वैदेशिक रोजगारीका क्रममा घाइते तथा अङ्गभङ्ग हुनेको सङ्ख्या पनि निकै भयावह छ । गत आर्थिक वर्षमा मात्रै वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न प्रकारका दुर्घटनामा परी अंगभंग भएका तथा गम्भीर विरामी भएका श्रमीकमध्ये ३८९ जनालाई पनि बोर्डले आर्थिक सहायता उपलब्ध गरेको सूचना अधिकारी पौडेलले बताएका छन् । उनका अनुसार अंगभंग तथा गम्भीर बिरामी भएकालाई ९ करोड ९७ लाख ८ हजार रुपैयाँ आर्थिक सहायता पनि उपलब्ध गराइएको छ ।
यो पनि 

सोही अवधिमा वैदेशिक रोजगारीमा गएका व्यक्तिको नेपालमा रहेका परिवारका ११२ जना सदस्यलाई स्वास्थ्य उपचार खर्च स्वरुप  ५६ लाख रुपैयाँ प्रदान गरिएको छ । छात्रवृत्ति सहायतास्वरुप गत वर्ष बोर्डले वैदेशिक रोजगारीकागएकाहरुको २ हजार ९ सय ५७ जना छोराछोरीलाई दुई करोड ८२ लाख दुई हजार रुपैयाँ उपलब्ध गराएको छ । 

यस्तै, विदेशमा मृत्यु भएका नेपाली कामदारको शव नेपाल झिकाउनको लागि सम्बन्धित नियोगसँग समन्वय गर्दा दुई करोड ६० लाख ७५ हजार रुपैयाँ खर्च भएको बोर्डले उपलब्ध गरेको विवरणमा उल्लेख छ । विभिन्न कारणले विदेश अलपत्र परेका नेपाली कामदारको खोजतलास तथा उद्धारमा पछिल्लो एक वर्षमा ४३ लाख १० हजार ८०० रुपैयाँ खर्च भएको बोर्डले जनाएको छ । पछिल्ला १५ बर्षमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीम जाने नेपालीको संख्या ५७ लाख ७२ हजार १ सय ६० रहेको छ । यो मध्ये ५४ लाख १३ हजार ७ सय ८४ पुरुष र ३ लाख ५८ हजार ३ सय ७६ महिला रहेका छन् । 
यो पनि 

गत आर्थिक वर्षमा मात्रै हेर्ने हो भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या  ७ लाख ७१ हजार ३ सय २७ रहेको छ ।  गत वर्ष वैदेशिक रोजगारीमा जानेमध्ये ६ लाख ९९ हजार १९३ जना पुरुष र ७२ हजार १३४ जना महिला रहेका छन् ।

यस्तै, आर्थिक वर्ष २०७९/८० जेठ मसान्तसम्ममा ११ खर्ब १२ अर्ब ५२ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको तंथ्याक राष्ट्र बैंकले सार्वजनीक गरेको छ  । 

यो पनि