आन्दोलनमा लुटिएका हतियार अझै फिर्ता भएन, चार वर्षदेखि हतियार किन्न दौडधुपमा प्रहरी

प्रहरीलाई हतियार जुटाउनै सकस


काठमाडौं – देशको शान्ति सुरक्षामा खटिने प्रहरीलाई हातहतियार जुटाउन सकस परेको छ । चार वर्षयता हतियार खरिदका लागि दौडधुपमा रहेको प्रहरी प्रशासन जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार फिर्ता गराउन सकेको छैन । २३ र २४ भदौको जेनजी आन्दोलनमा लुटिएका ८ सयभन्दा बढी हतियार अझै फिर्ता नआएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आन्दोलनका क्रममा अराजक समूहले ११ सयभन्दा बढी हतियार लुटेका थिए । जसमध्ये केही हातहतियार लुटेर लगेको तस्बिर, भिडिओ सामाजिक सञ्जालमा समेत देखिएको थियो । प्रहरीका साथबाट लुटिएको तीन सयभन्दा बढी हतियार फिर्ता भइसकेको नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले जानकारी दिए । जेनजी आन्दोलन भन्दा अघिबाटै सरकारसँग हातहतियार खरिदका लागि बजेट माग गर्दै आएको प्रहरीलाई आन्दोलनपछि सुरक्षामा चुनौती थपिएको हो। 

त्यस्तै, यस आन्दोलनमा प्रहरीका सवारी साधनसमेतमा आगजनी गरी नाश गरेपछि प्रहरीलाई शान्ति सुरक्षा कायम राख्नसमेत कठिन अवस्था सिर्जना भइरहेको छ । जेनजी आन्दोलनपछि प्रदर्शनका संख्या बढ्दै गएपछि भीड नियन्त्रण गर्न अहिले सुरक्षा निकायलाई हतियारको आवश्यकता बढ्दै गएको छ । 

प्रहरीले सुरक्षाका लागि र प्रदर्शनजन्य गतिविधि नियन्त्रणका लागि माग गर्दै आएकोमा ०८२ जेठ १५ मा प्रस्तुत बजेटमा हतियार खरिद गर्न १ अर्ब ९ करोड विनियोजन भएको थियो । प्रहरीले प्रदर्शन नियन्त्रण गर्न राइट कन्ट्रोल गियर, अश्रुग्याँस, ब्ल्यांक फायर, रबर बुलेट, मल्टी ग्यासगन, वाटर क्यानन (पानीका फोहोरा हान्ने सवारी), दमकल, गोताखोरका उपकरण, रबरबोट र मोटरबोट, विपद्का लागि चाहिने अन्य ‘आपत्कालीन उद्धार सामग्री’जस्ता सामाग्रीको सुची गृहमा बुझाएको थियो । सामग्री खरिद गर्ने योजना बन्दा नबन्दै जेनजी आन्दोलनका क्रममा प्रहरीको साथमा भएका हतियार लुटिएको थियो । तर, यस विषयमा हाल कुनै प्रकारको योजना नै नभएको प्रहरी प्रवक्ता घिमिरेले जानकारी दिए । 

त्यस्तै, यस आन्दोलनमा प्रहरीका सवारी साधनसमेतमा आगजनी गरी नाश गरेपछि प्रहरीलाई शान्ति सुरक्षा कायम राख्नसमेत कठिन अवस्था सिर्जना भइरहेको छ । जेनजी आन्दोलनपछि प्रदर्शनका संख्या बढ्दै गएपछि भीड नियन्त्रण गर्न अहिले सुरक्षा निकायलाई हतियारको आवश्यकता बढ्दै गएको छ । 

प्रहरीका अधिकारीहरूका अनुसार जेनजी आन्दोलनपछि अहिले हतियारका साथै गाडीको आवश्यकता पनि बढिरहेको छ । जेनजी आन्दोलनपछि हतियारको लुटपाट र गाडी र प्रहरीका वृत्तहरूमा भएको आगजनीका कारण अपराध अनुसन्धान र शान्ति–सुरक्षा कायम गर्न कठिनाइ भइरहेको प्रहरीको भनाइ छ । 

प्रहरीले ०७८ सालबाट नै लगातार रूपमा हातहतियार खरिदका लागि सरकारसँग बजेट माग गर्दै आइरहेको थियो । ०८१ चैत १५ गते भएको राजावादी प्रदर्शनमा प्रहरीले एसएलआर र इन्सासबाट ८१ राउन्ड गोली चलाएको थियो । जसकारण प्रहरीको साथमा भएको हतियारमा कमी भएको थियो । पूर्व अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ मा प्रस्तुत गरेको बजेटमा ‘प्रहरीका लागि हतियार तथा सुरक्षा उपकरण खरिद गर्न’ भनेर ९२ करोड विनियोजन गरिएको छ । बजेट विनियोजन भएसँगै प्रहरीले आवश्यक हतियारको सूची तयार गरेको थियो ।

बजेटमा हातहतियार किन्नका लागि सरकारले रकम छुटाएपछि प्रहरीले एमएम पेस्तोल (१ हजार थान), पेस्तोलको गोली (१० हजार थान), बाह्रबोर सट गन (१ हजार थान), रबर बुलेट (२५ सय राउन्ड), टियर ग्याँस सेल (२२ सय राउन्ड) र सटगन कार्जिज (१८ सय) बिन खरिद गर्न लागेको थियो ।

त्यस्तै, ०७८ चैतमा प्रहरीले ८४ करोडको हतियार खरिद प्रक्रिया अघि बढाएको थियो, तर बोलपत्र आह्वान गरेर ‘खरिद सम्झौता’ भए पनि प्रतितपत्र खोल्न नसक्दा प्रक्रिया रोकिएको थियो । ०७९ वैशाख २९ मा भएको बोलपत्र अनुसारको हतियार प्रहरीले खरिद गर्न सकेन । ०७८ चैत २ मा अर्थ मन्त्रालयले ८४ करोड मूल्य बराबरको हतियार खरिद गर्न प्रहरी प्रधान कार्यालयलाई स्वीकृति दिएको थियो । त्यसपछि प्रहरीले तयार गरेको सामान खरिद सम्बन्धी गुरुयोजना ०७९ वैशाख १९ मा गृह मन्त्रालयले स्वीकृत गरेको थियो ।

साथै, प्रहरीसँग भएको चाइनिज टाइप–५४ पेस्तोल, रिभल्वर, सटगन, थ्रीनट थ्री र अन्य लामा हतियार काम नलाग्ने भइसकेको प्रहरी अधिकृतहरू बताउँदै आएका थिए । प्रहरी मुख्यालयले जेनजी आन्दोलन अघि नै देशभर प्रयोग भइरहेका थुप्रै राइफल, पेस्तोल र गोला–बारुद निकै पुराना हुन् । तीमध्ये केही हतियार मर्मतयोग्य छैनन्, भने केही पुरानो प्रविधिका कारण तत्काल प्रतिस्थापन आवश्यक थियो ।

सुरक्षाकर्मीले अपराध नियन्त्रण र प्रदर्शन नियन्त्रण गर्न पर्याप्त र आधुनिक हतियार आवश्यक पर्ने गरेको छ । तर प्रहरी आफुसँग आवश्यक पर्ने हातहतियार कम भएको बताउँदै आइरहेको छ । पुराना हतियारले आपतकालीन अवस्थामा प्रभावकारी प्रतिक्रिया दिन नसक्ने भनिएता पनि जेनजी आन्दोलनका क्रममा केही पुराना हतियारको प्रयोग भएको हुन सक्ने सरोकारवाला बताउँछन् । 

त्यस्तै, यस आन्दोलनमा प्रहरीका सवारी साधनसमेतमा आगजनी गरी नाश गरेपछि प्रहरीलाई शान्ति सुरक्षा कायम राख्नसमेत कठिन अवस्था सिर्जना भइरहेको छ ।

प्रहरीका अधिकारीहरूका अनुसार जेनजी आन्दोलनपछि अहिले हतियारका साथै गाडीको आवश्यकता पनि बढिरहेको छ । जेनजी आन्दोलनपछि हतियारको लुटपाट र गाडी र प्रहरीका वृत्तहरूमा भएको आगजनीका कारण अपराध अनुसन्धान र शान्ति–सुरक्षा कायम गर्न कठिनाइ भइरहेको प्रहरीको भनाइ छ । 

प्रवक्ता घिमिरेका अनुसार जेनजी आन्दोलनका क्रममा हतियार लुटपाट गर्नेहरूलाई कानुनबमोजिम कारबाही गरिने छ । प्रहरी ऐन दफा ३३ मा प्रहरी कर्मचारीले आक्रमण वा मुठभेडको समयमा थाना, चौकी, गारद, पालो पहरा आदि र आफूसाथ वा आफ्नो जिम्मा रहेको हातहतियार, खरखजाना अन्य सरकारी धनमाल र कागजातहरू आक्रमणकारीहरूलाई सुम्पिएमा उक्त प्रहरीलाई आजीवन कैद वा चौध वर्षसम्म कैद वा तीन वर्षको तलब बराबरसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । तर यो व्यवस्था जानाजान हतियार सुम्पेको अवस्थामा लागू हुन्छ ।