भदौ २३ र २४ को विध्वंशकारी जेनजी आन्दोलनका कारण बन्द भएको शेयर बजार असोज २ गते पहिलोपटक खुलेको थियो । एक साता बन्द भएर पहिलोपटक खुलेको शेयर बजारमा १६० अंकको गिरावट आयो । जुन, समग्रमा ६ प्रतिशतको गिरावट थियो । यससँगै, लगानीकर्ता ‘प्यानिक’ बनेको र शेयर बजारमा ठूलो गिरावट आउन सक्ने आँकलन सुरु भएको थियो । यद्यपी, एकथरी लगानीकर्ता भने भूकम्प र कोरोनापछिकै जस्तो शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ऐतिहासिक किर्तिमानी कायम गर्ने अड्कलबाजीमा छन् । जेनजी आन्दोलनको प्रभाव राष्ट्रिय अर्थतन्त्र र अर्थतन्त्रको ऐनाकारुपमा लिइँदै आएको शेयर बजारमा कस्तो पर्ला भन्ने विषयमा केन्द्रीत रहेर अनुभवी शेयर लगानीकर्ता छोटेलाल रौनियारसँग गरेको कुराकानीको संपादित अंशः–
जेनजी आन्दोलनपछि असोज २ गते खुलेको शेयर बजारमा १६० अंकको गिरावट आयो । सरकार गठन भइसकेको र अर्थमन्त्री पाइसकेको स्थितिमा बजार किन त्यसरी घट्यो ?
बिहीबार अर्थात् असोज २ गते खुलेको बजार कारोबार सुरु भएको २ मिनेटमा नै ४ प्रतिशत घटेर सर्किट लाग्यो । २० मिनेटपछि खुलेको बजार फेरी १ मिनेट पनि कारोबार नहुँदै सर्किट लागेर ४० मिनेटका लागि बन्द भएको थियो । र, फेरी खुलेको बजारमा थप १ प्रतिशतको गिरावटसँगै कूल ६ प्रतिशत घट्न शेयर बजारले जम्मा ६ मिनेट पनि लिएन ।
यो माओवादीको युद्धको समयमा जस्तै भयो । मलाई ६३/६४ को समयमा जस्तै लाग्यो । सो समयमा अर्थमन्त्री बनेका बाबुराम भट्टराईले शेयर बजार जुवा घर बताउनु भएको थियो ।
असोज २ गतेको बजारमा लगानीकर्ता अत्यधिक प्यानिक देखिए । भूकम्प आएजस्तो, युद्ध भएजस्तो विकराल अवस्था देखियो । यो माओवादीको युद्धको समयमा जस्तै भयो । मलाई ६३/६४ को समयमा जस्तै लाग्यो । सो समयमा अर्थमन्त्री बनेका बाबुराम भट्टराईले शेयर बजार जुवा घर बताउनु भएको थियो । यसपछि लगानीकर्ता प्यानिक बनेर शेयर बेचेका थिए ।
लगानीकर्ता आवेशमा आएर शेयर बेच्नुलाई ‘इम्पल्सिभ सेल’ भन्छ । हतासमा आउँदै डर र त्रासमा बसेर बिक्री नगर्नुपर्ने हो ?

असोज २ गतेको जस्तै बजार घट्थ्यो भने त परिसूचक धेरै तल आउने भन्ने डर देखिन्थ्यो नि ? किनभने भदौ २४ गतेदेखि बन्द बजार एकै पटक असोज २ मा खुलेको थियो । यो बीचमा ५ दिन भएको बन्द पनि हामीले गर्दा नै हो । हामीले नै नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई बन्द गर्न गरेको आग्रहअनुसार कारोबार रोकिएको हो । किनभने भूकम्पको समयमा २० दिन कारोबार रोकिएको थियो ।
यस्तै, कोरोना कालमा ८१ दिन बजारको कारोबार बन्द थियो । कोभिडमा कोही पनि ब्रोकर कार्यालय जान सकेनन् र सो समयमा टीएमएस पनि पूर्णरुपमा कार्यान्वयनमा थिएन । शेयर बजार बन्द हुँदा टीएमएस सुधार गर्न अवसर पनि भयो र अहिले सुधारिएको छ ।
हामीले नै नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई बन्द गर्न गरेको आग्रहअनुसार कारोबार रोकिएको हो । किनभने भूकम्पको समयमा २० दिन कारोबार रोकिएको थियो ।
यस्तै, कोरोना कालमा नै डिम्याट खाताको संख्या ३८ लाख पुगेको थियो । जुन, यतिबेला झन्डै ७० लाख छन् । हाम्रो चाहना त अझै ५ दिन बन्द गर्ने भन्ने थियो । तर, ‘लिक्विड एसेट’कारुपमा रहने शेयरलाई बन्द गर्न हुँदैन भन्ने विषय चौतर्फीरुपमा आएपछि खोलिएको हो । दसैंको मुखमा शेयर बजार बन्द गर्दा लगानीकर्तालाई खर्च जोहो गराउन समस्या पर्ने भएकाले पनि खोलिएको हो ।
यसमा विरोधचाँहि के भएको थियो भने नि । संसद् भवन, सिंहदरबार, प्रधानमन्त्री र राष्ट्रपतिको सरकारी निवास, मन्त्रीहरूको सरकारी निवास, प्रहरी प्रशासन, भाटभटेनी लगायत जलेका निकाय सञ्चालनमा आउँदा पनि क्षति नै नभएको शेयर बजार किन बन्द भन्ने थियो ?
हो । संसारमा कतै पनि शेयर बजार हत्तपत्त बन्द हुँदैन । कोरोना कालमा पनि मनिलामा जम्मा १ दिन बन्द भएको थियो । जबकि, नेपालमा ८१ दिन बन्द भयो । अहिले पनि ५ दिन बन्द भयो र यसरी बन्द हुन नहुने भन्ने विषय जायज हो । तर, अर्को पाटोलाई नियालेर हेरौँ न । अहिलेसम्म ७४ जनाको मृत्यु भइसकेको छ भने सयौँ घाइते भए । यस्तो अवस्थामा पैसाको कारोबार गर्न नैतिकताले दिँदैन भन्ने एउटा पाटो हो । यसबाहेक, गृहिणी, विद्यार्थी लगायत साना–साना लगानीकर्ताको रकम गुम्नबाट जोगाउनका लागि पनि बजार बन्द गरिएको हो ।

विगतको अनुभव हेर्दा बजार संकटको समयमा बढ्ने गरेको छ । अहिलेसम्म ‘अल टाइम हाइ’को कीर्तिमान नै संकटको समयमा भएको स्थिति छ नि ?
७० लाख हाराहारीको संख्यामा खुलेको डिम्याट खाता दक्षिण एसियाकै उच्च हो । जनसंख्याका आधारमा यो २० प्रतिशत हाराहारी छ । तर, शेयर बजारमा छिरेका लगानीकर्तामा वित्तीय चेतना, शेयर बजारको ज्ञान लगायत न्यून छ । यही कारण, उनीहरू आत्तिने र मात्तिने क्रम बढी छ । लगानीकर्ता बढ्दा किन्ने र घट्दा बेच्ने गर्छन् । यो उल्टो काम हो । यसमा लगानीकर्ता सुध्रिनुपर्छ ।
अब यसअघि शेयर बजारले लिएको उच्च बिन्दुको कीर्तिमानको उदाहरण पनि छन् । भूकम्पपछि खुलेको शेयर बजार १८ सय अंकको बिन्दुमा पुगेको थियो । र, कोरोना कालमा शेयर बजारले ३२ सय अंकको बिन्दु छोएको थियो । अब फेरी यस्तै हुन पनि सक्छ । यसमा म श्रीलंका र बंगलादेशको तथ्य जोड्न चाहन्छु । श्रीलंकामा राजपक्ष परिवार फाल्ने गरी आन्दोलन भएपछि १० हजार अंकको बिन्दुबाट बजार घट्न थालेर ६ हजार अंकको बिन्दुमा आएको थियो । अहिले बढेर २० हजार अंकको बिन्दुमा छ । बंगलादेशमा समेत यस्तै भएको छ ।
बजारमा हामी नकारात्मक मानसिकता छाडेर सकारात्मक मानसिकतातर्फ अघि बढ्नुपर्छ ।





About Us
प्रतिक्रिया