नेपाल बैंकद्धारा ८६ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बैंक लिमिटेले आफ्नो ८६ औं वार्षिकोत्सवको अवसरमा बैंकको प्रधान कार्यालय धर्मपथ काठमाण्डौमा खुला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रमको उद्घाटन बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले गरेकी थिइन् । 

कार्यक्रमको समापन बैैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले गरेका थिए । उक्त रक्तदान कार्यक्रममा बैंकमा कार्यरत कर्मचारी, ग्राहक, सर्वसाधारण गरी  १०५ जनाले रक्तदान गरेका थिए । 

नेपाल बैंक लिमिटेड कार्तिक ३० गतेदेखि ८६ औं बर्षमा प्रवेश गर्दैछ । सोहि अवसरमा बैंकले बिभिन्न  कार्यक्रमहरु आयोजना गरिरहेको छ । संस्थागत सामाजिक उत्तरदायीत्वमा अग्र पङ्क्तिमा रहेर भूमिका निर्वाह  गर्दै आएको बैंकले हरेक बर्ष वार्षिकोत्सवको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्दै आईरहेको छ ।