पछिल्लो ५ दिन लगातार घटेको नेप्सेमा आज हरियाली, सबै उप-सुचक बढ्दा करिब १ अर्बको कारोबार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
पछिल्लो ५ दिन निरन्तर रुपमा ओरालो लागेको शेयरबजारमा आज हरियाली छाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो कारोबारको दिन आज सोमबार दोहोरो अंकले बढेको हो । आज नेप्से २१.२६ अंकले बढेर १ हजार ९ सय ४ दशमलब ४३ विन्दुमा बन्द भएको हो । आइतबार नेप्से १०.५४ अंकले घटेर १ हजार ८ सय ८३ दशमलब १६ विन्दुमा बन्द भएको थियो ।  

त्यस्तै, आज नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्सेमा ९४ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा ७७ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज नेप्सेका सबै उप-सुचकमा वृद्धि भएको हो ।

कारोबारमा आएका कम्पनीहरु मध्ये १४८ वटा कम्पनीको शेयरमुल्य बढेको छ भने ३१ वटा कम्पनीको शेयरमूल्य घटेको छ, ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

आज १ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । तारागाँउ रिजेन्सी होटलको शेयरमुल्य ९.८४ प्रतिशतले बढेर प्रतिकित्ता ३८३ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार लक्ष्मी इक्विटी फण्डको शेयरमूल्यमा आज सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट भएको छ । यसको आज १० करोड ९६ लाख भन्दा बढीको कारोबार भएको छ ।