साप्ताहिक आर्थिक राशिफल, हेर्नुहोस् यो साता कुन राशिलाई लाभदायक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
२०७९ कार्तिक २८ देखि मंसिर ४ सम्मको साप्ताहिक आर्थिक राशिफल, हेर्नुस् यो साता कुन राशिलाई लाभदायक हुनेछ । 

मेष राशि – मेष राशि का लागि यो साता आर्थिक रुपमा सबल रहनेछ एवं भरपुर धनलाभ हुनेछ । विशेष गरि कृषि तथा पशुजन्य वस्तु तथा सेवाको कारोबार बाट बढि मुनाफा आर्जन हुनेछ । परिवारको साथ र सहयोगले पनि आर्थिक उन्नतीमा बल पुग्नेछ । यात्रा सँग सम्बन्धित कार्य सफल रहनेछन । यो साता तुलनात्मक रुपमा कार्तिक २८, ३० र मंसिर ४ गते लाभदायक दिन रहनेछन । 

वृष राशि – यो साता तपाईको आर्थिक कारोबार मिश्रित रहनेछ । साथीभाई बाट धोका हुन सक्नेछ । अरुको सल्लाह भन्दा पनि आफुले विचार गरेर शुरु गरेको लगानी बाट बढि मुनाफा आर्जन हुनेछ । साताको अन्त्य तिर आर्थिक कारोबार मा वृद्धि हुनेछ । यो साता तुलनात्मक रुपमा कार्तिक ३० गते बढि लाभदायक दिन रहनेछ । 

मिथुन राशि – आर्थिक मामलामा यो साता तपाईको शुभ रहनेछ । धन आगमन ले निरन्तरता पाउनेछ । तपाईको कार्यक्षेत्रमा प्रगति हुनेछ । बोलीको प्रभाव बढनेछ । तर नयाँ क्षेत्रमा लगानी गर्दा भने विशेष सावधानी अपनाउनु पर्नेछ । घर परिवारका कारण आर्थिक कारोबार मा केहि समस्या आउन सक्छ । यो साता तुलनात्मक रुपमा कार्तिक २८, ३० गते लाभदायक दिन रहनेछन । 

कर्कट राशि – कर्कट राशिका लागि यो साता यात्रा सँग सम्बन्धित कारोबार बाट विशेष लाभ हुनेछ । खेल मनोरन्जन तथा पर्यटन क्षेत्र सँग सम्बन्धित कारोबार गर्ने हरुका लागि बढि लाभ दायक साता रहनेछ । साथीभाईले तपाईको कार्यको प्रशंसा गर्नेछन । तपाईको इजजत प्रतिष्ठा बढ्नेछ । तपाईले लगानी गर्नुभएको क्षेत्रमा केहि समस्या का कारण चिन्ता बढ्न सक्नेछ ।  यो साता तुलनात्मक रुपमा कार्तिक ३० र मंसिर १ गते लाभदायक दिन रहनेछन । 

सिंह राशि – तपाईका लागि साताको शुरुवात का दिन सामान्य रहनेछन तर बुधबार देखि भने कारोबार मा सुधार हुनेछ। कुनै नयाँ कुरा सिक्नका लागि अवसर आउनेछ । यसले तपाईको पछिको सफलतामा महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ । साथी भाईको साथ र सहयोग ले आर्थीक कारोबार मा बढोत्तरी हुनेछ । यो साता खुशी र सफलता बढ्नेछ । साताको अन्त्य तिर आर्थीक कारोबारमा मन्दि देखिन सक्नेछ । यो साता तुलनात्मक रुपमा कार्तिक ३० र मंसिर २ गते लाभदायक दिन रहनेछन । 

कन्या राशि – साताको सुरुवातमा धन वृद्धिको योग बन्नेछ । समय अनुकुल रहनेछ । साझेदारीमा कुनै कारोबार को शूरुवात गर्नु तपाईका लागि लाभदायक रहनेछ । यो साता आर्थिक कारोबारको बिल तथा भरपाई संग सम्बन्धित समस्या ले केहि तनाव बढ्न सक्नेछ । साताको मध्य तिर खर्चको मात्रा बढ्ने देखिन्छ तर पनि साताको उत्तरार्धको समय भने शुभ रहनेछ । यो साता तुलनात्मक रुपमा कार्तिक २९, ३० र मंसिर २ गते लाभदायक दिन रहनेछन । 

तुला राशि – यो साता तपाईका लागि आर्थिक वृद्धिको योग बन्नेछ । तपाईले गर्नुभएको लगानी बाट विस्तारै आर्जन हुदै जानेछ । कार्यक्षेत्रमा तपाईले उत्साह र उमंगको अनुभुती गर्नुहुनेछ । परिवारको साथ र सहयोग रहनेछ । यात्रा सँग सम्बन्धित कारोबार बाट तपाईलाई सोचे जस्तो फाईदा हुन अप्ठ्यारो देखिन्छ । कारोबारमा अवरोध उत्पन्न हुन सक्नेछ । यो साता तुलनात्मक रुपमा कार्तिक ३० र मंसिर २ गते लाभदायक दिन रहनेछन । 

बृश्चिक राशि – यो साता तपाईको कार्यक्षेत्रमा उन्नती र प्रगति हुनेछ । धन लाभ हुनेछ । आर्थिक कारोबारका लागि कुनै नयाँ योजना बन्न सक्नेछन । प्रत्यक्ष वितरण एवं यात्रा सँग सम्बन्धित कारोबार बाट राम्रो मुनाफा आर्जन हुनेछ । धार्मीक तथा सामाजिक गतिबिधिमा तपाई लाई रुचि बढ्नेछ । दिगो आर्थीक लाभको योजना बन्नेछ । यो साता तुलनात्मक रुपमा मंसिर १ र २ गते लाभदायक दिन रहनेछन । 

धनु राशि – यो साता तपाईको आर्थिक अवस्थामा सुधार हुनेछ। परिवारका साथ मा सुखद समय रहनेछ । सापटी वा उधारो उठाउने प्रयास गर्नुहोला । तपाईको गुमेको धन पनि फिर्ता आउन सक्नेछ । यो साता घरका विशिष्ट व्यक्तिको स्वास्थ्य उपचारमा धन खर्च हुने देखिन्छ । साताको मध्य तिर आर्थिक तनाव बढ्नेछ तर साताको अन्त्य तिर सुधारोन्मुख हुनेछ । यो साता तुलनात्मक रुपमा कार्तिक २९ र ३० गते लाभदायक दिन रहनेछन । 

मकर राशि –  यो साता तपाईलाई अचानक धन लाभ हुनेछ । घरपरिवार बाट राम्रो साथ र सहयोग प्राप्त हुनेछ । मंसिर १ र २ गते आर्थिक  हानी हुने वा लगानी फस्न सक्नेछ । विशेष सावधानी अपनाउनुहोला । साताका अन्य दिनहरु आर्थिक कारोबार का लागि सकारात्मक रहनेछन । तपाईको सोच र मेहेनत ले सार्थकता पाउनेछ । यो साता तुलनात्मक रुपमा कार्तिक २८ र ३० गते लाभदायक दिन रहनेछन । 

कुम्भ राशि – यो साता तपाईका लागि आर्थिक अवस्था मिश्रित रहनेछ । हेल्थ तथा फिटनेस सँग सम्बन्धित बस्तु तथा सेवाको कारोबार बाट बढि लाभ हुनेछ । ईष्टमित्र एवं परिवारको साथ र सहयोग ले केहि चुनौतीपूर्ण कार्यहरु पनि सफल हुनेछन । कार्यक्षेत्रमा उन्नती र प्रगति हुनेछ । साताको अन्त्य तिरका दिनमा कुनै महिला का लागि खर्च बढ्नेछ । सो समयमा उधारो वा सापटी नदिनु उत्तम हुनेछ । यो साता तुलनात्मक रुपमा मंसिर १ र २ गते लाभदायक दिन रहनेछन ।

मीन राशि – मिन राशि का लागि यो साता आर्थिक क्षेत्रमा उन्नती र प्रगतिको साता रहनेछ । तपाईको सन्तान बाट पनि आर्थीक प्रगति महत्पूर्ण सहयोग हुनेछ । तपाईको प्रेमी वा प्रेमिकाको सल्लाह ले तपाईको कार्यशैलिमा महत्वपूर्ण परिवर्तन हुनेछ । कूनै नयाँ प्रोजेक्ट मा लगानीका लागि अवसर आउनेछ । आर्थिक अवस्थामा दिगो र महत्वपूर्ण सुधार हुनेछ । यसले भविष्यमा राम्रो परिणाम ल्याउनेछ । यात्रा सँग सम्बन्धित कार्य बाट सामान्य फल मिल्नेछ । यो साता तुलनात्मक रुपमा कार्तिक २८, २९ र ३० र गते लाभदायक दिन रहनेछन । 

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं ९७७–९८४२१९७३५