दराजको ११.११ अभियानमा कुमारी बैंकका ग्राहकले विशेष छुट पाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंक र अनलाइन सपिङ पोर्टल दराज केयमुबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङका प्रमुख अनिष ताम्राकार र दराजको पेमेन्ट र पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्य मार्फत दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा कुमारी बैंकको डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा रु २,५०० सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा रु ३००० सम्मको छुट प्रदान गर्ने छ ।

यो योजना नोभेम्बर ११, २०२२ देखि लागू हुनेछ ।

बैंकले १९९ शाखा सञ्जाल, १९५ एटिएम, ५३ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेनसन काउन्टरबाट सेवा प्रदान गर्दे आएको छ ।