बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको ईजाजतपत्र प्राप्त गरिमा विकास बैंक लिमिटेडको मिति २०७९ कार्तिक २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८÷७९ को मुनाफा तथा शेयर प्रिमियमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी रु. ४ अर्ब ५९ करोड ८ लाखको १३ प्रतिशत बराबरको बोनस शेयर बापत रु. ५९ करोड ६८ लाख १३ हजार र १.५० प्रतिशत नगद लाभांश (लाभांश कर प्रयोजन समेतका लागि) रु. ६ करोड ८८ लाख ६३ हजार गरि जम्मा १४.५० प्रतिशतले हुन आउने रकम रु. ६६ करोड ५६ लाख ७६ हजार बराबरको कुल लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपश्चात विकास बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरे बमोजिम वितरण गरिने छ ।
हाल, गरिमा विकास बैंक लिमिटेडले करिव ७१ अर्ब निक्षेप संकलन गरी ६३ अर्र्ब कर्जा प्रवाह गरेको छ भने नेपालभर सातवटै प्रदेशमा रहेका १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर, ५१ एटिएम एवं डिजिटल बैंकिङ्ग मार्फत सरल, सुरक्षित तथा गुणस्तरीय वित्तीय सेवा प्रवाह गर्दै आईरहेको छ ।



About Us
प्रतिक्रिया