बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना सेवाहरु डिजिटलाइज गर्ने क्रममा ग्राहकको लागि वेबसाइट मार्फत च्याटबट सेवा ‘सिटिजन्स साथीको’ शुभारम्भ गरेको छ ।
यस नयाँ सेवा मार्फत अब ग्राहकहरूले कुनै पनि बैंकिङ्ग सेवाहरूको अनुरोध सिधै च्याटबट सेवा सिटिजन्स साथिमार्फत गर्न सक्नेछन् । साथै, ग्राहकहरूले बैंकिङ्ग सेवा सम्बन्धी जिज्ञासाहरूको लागि यस प्लेटफर्म मार्फत बैंकका एजेन्टसँग प्रत्यक्ष कुराकानी गर्न सक्नेछन् ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३३ वटा एटिएम र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ९० हजार ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।



About Us
प्रतिक्रिया