पछिल्लो १ सातामा बैंकहरुको निक्षेपमा १७ अर्बको गिरावट, बढ्यो सीडी रेसियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
पछिल्लो एक सातमा वाणिज्य बैंकहरुको निक्षेप घटेको छ । नेपाल बैंकर्स संघ (एनबिए) का अनुसार गत साता वाणिज्य बैंकहरुको निक्षेप १७ अर्बले घटेको हो ।

कार्तिक ४ गतेदेखि कार्तिक ११ गतेसम्मको अवधिमा बैंकहरुको निक्षेप ४५ खर्ब १९ अर्बबाट १७ अर्बले घटेर ४५ खर्ब २४ अर्ब पुगेको छ । सोहि अवधिमा कर्जा लगानी भने स्थित छ । कार्तिक ४ गते कर्जा प्रवाह ४२ खर्ब २५ अर्ब रहेकोमा कार्तिक ११ गतेसमको अवधिमा कर्जा प्रवाह ४२ खर्ब २५ अर्ब नै कायम छ ।  

त्यस्तै कार्तिक ४ गते बैंकहरुको सिडी रेसियो ८७.२३ प्रतिशत रहेकोमा कार्तिक ११ गते बैंकहरुको सिडी रेसियो ८७.५८ प्रतिशत रहेको छ ।