बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा बैंक लिमिटेडको ५१ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी भएको छ । बैंकले पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरूमा जारी गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
प्रतिकित्ता रू. १४५ तोकिएको उल्लेखित कित्ता शेयर खरीदका लागि न्यूनतम १० लाख कित्ताको माग गर्नुपर्नेछ । इच्छुक खरीदकर्ताहरूले आगामी सात दिनभित्र बैंकको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा आवश्यक कागजात सहित निवेदन दिन बैंकले आग्रह गरेको छ ।



About Us
प्रतिक्रिया