बैंकिङ्ग समाचार, काठमाडौं ।
कात्तिक १५ गते, मंगलबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको शेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समयाोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले यस दिन बैंकको ३.३७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात बैंकको शेयरमूल्य १७८ रुपैयाँ १ पैसा कायम भएको छ ।
कुमारी बैंकसँग मर्जर प्रक्रियामा रहेका कारण बैंकको शेयर कारोबार असोज १० गतेदेखि रोक्का रहेको छ ।
बैंकले हाल कायम चुक्ता पूँजी ११ अर्ब १३ करोड ९६ लाख रुपैयाँको ३.३७ प्रतिशतले हुन आउने ३७ करोड ५० लाख रुपैयाँ बराबरको बोनस शेयर र ७.६३ प्रतिशतले हुन आउने ८५ करोड ३ लाख रुपैयाँ (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न मंसिर २ गते बिहान १० बजे, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा २५ औं वार्षिक साधारण सभा बोलाएको छ ।
यस्तै बैंकको सभाले कुनै पनि उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्न र गाभिन तथा प्राप्ति गर्न, वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा त्यस सम्बन्धी सम्पुर्ण निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नपनि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।



About Us
प्रतिक्रिया