सांग्रिला डेभलपमेन्ट बैंक १८औं वर्षमा प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १८ औं वर्षमा प्रवेश गरेको छ । यस अवशरमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मिति २०७९ कात्तिक १३ गते पर्न गएको वार्षिक उत्सवको अवसरमा बैंकले मिति २०७९।०७।१४ गते केक कटिङ लगायतका कार्यक्रमहरु गरेर हषर्«ोउल्लासका साथ आफ्नो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । 

बैंकले उक्त कार्यक्रम बैंकको केन्द्रिय कार्यालय, बालुवाटार, काठमाडौंमा मनाएको हो । वार्षिकोत्सवको उपलक्ष्यमा गरिएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठद्वारा बैंकमा १० वर्ष पूरा गरेका कर्मचारीहरुलाई सम्मान गरी कदरपत्र प्रदान गरिएको थियो ।

साग्रिला डेभलपमेन्ट बैकले आफ्ना ग्राहकवर्ग तथा शेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई आजको दिनमा आफ्नो कार्यकालको १८ औं वार्षिकोत्सव उत्साहका साथ मनाउन सफल भएको छ । साथै, अबका दिनमा समेत यस किसिमको विश्वासको अपेक्षा बैंकले राखेको छ ।