स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा, शेयरधनीले नगद लाभांश मात्र पाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आव २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको आज सोमबार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १६ दशमलव ५१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको कात्तिक १४ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीले आव २०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ३ दशमलव ६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।