सिटिजन्स बैंकले संचालनमा ल्यायो मेसिनमार्फत क्यास डिपोजिट गर्न मिल्ने सेवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना सेवाहरू डिजिटलाइज गर्ने क्रममा मानव सहायताबिनै सोझै मेसिनबाट क्यास डिपोजिट गर्न सकिने सेवाको सुरूवात गरेको छ ।

यस नवीनतम सेवामार्फत् अब ग्राहकले कुनै भौतिक फारम बिनानै सहज रूपमा यस बैंकमा रहेको आफ्नो वा अन्यको सक्रिय बैंक खातामा केबल खाता नम्बरको आधारमा नगद रकम जम्मा गर्न सक्नेछन् । यस सेवा अन्तर्गत ग्राहकले क्यास डिपोजिट मेसिनबाट १ हजार र ५ सय रुपैयाँ दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेको छ । सो सेवाबाट ग्राहकले शाखामा पुगेर लाइनमा बसी फारम भरी नगद जम्मा गर्ने झन्झटबाट मुक्त हुने विश्वास लिएको बैंकले जनाएको छ ।

बैंकले यो सेवा हालको लागि आफ्नो दरवारमार्ग शाखा नारायणहिटी पथ, काठमाडौंमा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशका अन्य शाखाहरूमा समेत विस्तार गर्ने योजना बनाएको बताएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेले आधुनिक बैंकिङ्गको प्रमुख अंगको रुपमा रहेको डिजिटल बैंकिङ्गलाई सिटिजन्स बैंकले अत्यन्त प्रभावकारी ढंगले अगाडि बढाएको र शसक्त ढंगले ग्राहकमैत्री सेवा अझ सहज, सुरक्षित, सर्वसुलभ र विश्वास योग्य बनाइएको बताए ।

बैंकले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३३ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ्ग इकाइहरूबाट करिब १४ लाख ७८ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।