बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रभु बैंकले सेञ्चुरी कमर्सिएल बैंकलाई आफुमा गाभ्ने भएको छ । आइतबार दुई बैंकबीच भएको सहमतिमा गाभिनेबारे समझदारी भएको छ । समझदारीपछि दुवै बैंकले प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर समेत गरेका छन । सेन्चुरी कमर्सिएल बैंक प्रभुमा गाभिएपनि बैंकको नाम भने ‘प्रभु’नै कायम रहने बुझिएको छ ।
स्वाप रेसियो कायम गर्ने निर्णय भने डीडीए गरेपछि तय हुने बताइएको छ । सञ्चालक समितिमा ४ जना प्रभुबाट र ३ सेन्चुरी बैंकका रहनेछन् । सञ्चालक समितिको अध्यक्षमा सेञ्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठ हुनेछन् । प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोक शेरचन रहनेछन् । सेन्चुरीका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने भने डेपुटी सीईओ हुनेछन ।
मर्जर तथा प्राप्ती सम्झौतामा मौद्रिक नीतिले बैंक तथा वित्तिय संस्थाहरुलाई पुससम्मको मिति दिएको थियो । स्रोतका अनुसार दुवै बैंकको एकिकृत कारोबार भने पुसभित्र सुरु हुने लक्ष्य राखिएको छ ।



About Us
प्रतिक्रिया