काठमाडौं – आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २१.३२ अंकले बढेर बजार २५ सयको बिन्दुबाट उकालो लागेर २६ सय २१ दशमलव २६ को बिन्दुमा बन्द भएको छ। आज ४ अर्ब १३ करोड ६१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, १ करोड १६ लाख ७४ हजार कित्ता शेयर किनबेच भएको छ।
१८८ कम्पनीको शेयर मूल्य बढेको छ भने ८० कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ९ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज सबैभन्दा बढी कुमारी बैंकको शेयर कारोबार भएको छ। आज यस कम्पनीको २६ करोड ४४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, घलेम्दी हाइड्रोको २१ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज सबैभन्दा बढी १०.७५ प्रतिशत एसबीएल डिबेन्चर २०८९ को लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १३.२१ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, आज सबैभन्दा बढी सगरमाथा जलविद्युतका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ६.३२ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, एभरेष्ट कलरका लगानीकर्ताले ४.९५ प्रतिशतका दरले गुमाएका छन्।






About Us
प्रतिक्रिया