पछिल्लो १०/१५ बर्ष यता बैंकहरुले डिजिटल बैंकिङ्गमा उल्लेखिय कार्य गरेका छन । अझ कोरोना भाइरस (कोभिड–१९) संक्रमणपछि यसको प्रयोग ह्वात्तै बढेको छ । त्यसैले पनि बैंकहरुले डिजिटल बैंकिङ्गलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छन । अनलाइन बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, पीएसओ, क्युआर कोड लगायतका सेवा सेवाहरु यतीबेला सहर बजारममा छ्याप्छ्याप्ती भेटिन्छन । डिजिटल बैंकिङ्ग भन्ने वित्तिकै बैंकहरुले दिने डिजिटल कार्डहरु पनि पर्दछन । यसमा एटीएम कार्ड क्रेडिट कार्ड, डलर कार्ड लगायतका कार्डहरु पनि पर्दछन । यस्ता सेवाहरु बैंकबाट कसरी लिने ? कुन कार्डले कस्तो काम गर्छ ? लगायतका थुप्रै विषयमा कुमारी बैंकमा कार्डहरुको मात्रै डिपार्ट सम्हालेर काम गर्दै आइरहनुभएका मन्दीप भट्टराईसँग बैंकिङ्ग समाचारका लागि मनोज रेग्मीले गरेको कुराकानीः
डिजिटल बैंकिङ्ग भनेको के हो ?
हामीले गरिने बैंकिङ्ग कारोबार यदी कुनै डिजिटल माध्यमबाट गर्छौ भने त्यो डिजिटल बैंकिङ्ग हो । विगतमा हामी कुनै पनि बैंकिङ्ग सेवा लिनलाई बैंक सम्म नै आउँथ्यौ भने, आज हामीले घरमै बसी–बसी जुनसुकै समयमा पनि सेवा लिन सक्छौं । जस्तै मैले मेरो बैंक स्टेटमेन्ट हेर्न चाहेँ भने तुरुन्तै मोवाइलबाटै हेर्न सक्छु । अफिस सकेर घर फर्किदा मेरो खातामा आज के भएछ भन्ने कुरा पनि सजिलै हेर्न सक्छु । यसलाई नै डिजिटल बैंकिङ्ग भनिन्छ ।
डेबिट कार्ड र क्रेडिट कार्डमा ठ्याक्कै के फरक छ ?
डेविट कार्ड ग्राहकहरुको खातामा सोझै लिंक गरिएको हुन्छ । उक्त कार्डले एटिएममा गएर पैसा निकाल्न होस या कुनै पसलमा केहि सामान खरिद गरेवापत पैसा भुक्तानी गर्न सकिन्छ । हाल अनलाइन मार्फत सामान खरिद गरी अनलाईनबाटै भुक्तानी गर्न सकिन्छ । क्रेडिट कार्ड भनेको एक प्रकारको कर्जा नै हो । यसमा ग्राहकको आम्दानी हेरेर क्रेडिट लिमिट प्रदान गरिन्छ । यसमा बैंकले जति रकम खर्च गर्न भनेको छ ग्राहकहरुले त्यती नै खर्च गर्न सक्दछन ।
के भिसा डेबिट कार्ड विदेशी एटिएम बुथबाट पनि चल्छ ?
केन्द्रिय बैंकको नियम अनुसार विदेशमा कार्ड चलाउन अनुमति दिनुपर्ने हुन्छ । अहिले बैंकहरुले एउटा नेपाल भित्रको लागि डेविट कार्ड दिन्छन भने अर्को अन्तराष्ट्रिय डेबिट कार्डको सुविधा दिइरहेका छन । तर बैंकहरुले दिने उक्त कार्डमा केही नियमहरु छन् । यदि कोही विदेश भ्रमणमा जाँदै छ भने वर्षमा १ पटकको भ्रमणमा १५ सय डलर भन्दा बढी खर्च गर्न पाईदैन । हामीले सामान्य रुपमा बोक्ने डेबिट कार्ड नेपाल र भारतमा सजिलै चल्छ । त्यो भन्दा अन्य देशको भ्रमणमा जाँदा बैंकमार्फत अन्तराष्ट्रिय प्रिपेड डलर कार्ड लिन सकिन्छ । जसमा राष्ट्र बैंकले यो कार्डमा वर्षमा ५ सय डलर मात्रै खर्च गर्न अनुमति दिएको छ ।
राष्ट्र बैंकले आफ्नै डिजिटल करेन्सी (digital currency ) पनि ल्याउने भनेको छ । फेरि बैंकहरुका आफ्नै मोवाइल बैंकिङ एपहरु पनि छन । भुक्तानीका लागि जताततै क्युआर पनि राखिएको छ ? जहाँ भन्यो त्यहीँ पैसा भुक्तान गर्न सकिन्छ । सायद भविष्यमा नोटको आवश्यक्ता पनि कम होला । त्यसो त पैसा झिक्न कै लागि एटीएम नै किन चाहियो त नि ?
बैंक र फिनटेकहरुमार्फत डिजिटल भुक्तानी/नगद रहित कारोबारतर्फ जाँदा अब एटिएम बुथको आवश्यकता छ र ?
बैंक र फिनटेकहरुमार्फत डिजिटल भुक्तानी/नगद रहित कारोबारतर्फ जाँदा अब एटिएम बुथको आवश्यकता छ र ? #bankingsamachar #bankingbahas #digitalbanking #godigital #digital #economy Full video: https://youtu.be/08dIc9rGJOU
Posted by Bankingsamachar on Sunday, July 17, 2022
अवस्य पनि विगतमा नोट भन्दा अरु विकल्प थिएन । अहिले विस्तारै क्यूआरहरु आएका छन् । पसलमा क्यास नै तिर्न पथ्र्यो । ग्राहकलाई जुनसुकै बेलामा पनि नगद आवश्यक पर्न सक्थ्यो त्यसैले त्यसबेला एटीएम अत्यन्तै जरुरी थियो । बैंक त एउटा निञ्चित समयमा मात्रै खुल्ला हुन्छ विदाको समयमा बैंकहरु बन्द हुन्छन । विदाको दिनमा पनि क्यासको आवश्यकता पर्यो भने एटीएम अत्यन्तै जरुरी हुन्छ । तर वर्तमान अवस्थालाई नियाल्दा अब कार्ड नै नचल्ने अवस्था छ । भुक्तानीको डिजिटल माध्यम मुलुकका थुप्रै ठाउँमा पुगेको छ । तर कतिपय स्थानमा त्यसको व्यवस्था नहुन सक्छ । अहिले नोटबाट हामी विस्तारै डिजिटल कारोबारतर्फ लम्किरहेका छौँ ।यो भन्दै गर्दा एटीएमको प्रयोग नहुने भन्ने चाहीँ होइन । तर यसको आवश्यकता विस्तारै कम हुन सक्छ ।
प्रिपेड डलर कार्ड ( Visa International Pre-Paid Dollar Card) किन चाहिन्छ ? बैंकबाट यो कार्ड लिनको लागि कति सजिलो छ ? कार्ड लिनका लागि सुरुमा कति पैसा लाग्छ ? नेपालमा लिएको डलर कार्डले विदेशमा पनि काम गर्छ र ?
कुनै व्यक्तिलाई नेपालमा बसेर अनलाइनमार्फत किताब किन्नको लागि, वा आफुलाई चाहिएको कुनै वस्तुहरु खरिद गर्नका लागि विदेशबाट पैसा तिरेर ल्याउने भन्ने कुरा थियो । डलर कार्ड नहुँदा मानिसहरुलाई निकै अफ्ठ्यारो भइरहेको थियो । यही विषयलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले कार्ड जारी गर्न बैंकहरुलाई निर्देशन दियो । सोही निर्देशनको पालना गर्दै बैंकहरुले सेवाग्राहीलाई कार्ड दिइरहेका छन ।
यस कार्डको मुख्य उदेश्य भनेको नेपालमा बसेर विदेबाट विभिन्न सामानहरु खरिद गर्नु हो । यसका साथै विभिन्न मुलुकहरु भ्रमणमा जाँदा पनि यो कार्ड निकै फाइदाजनक छ । डलर कार्ड लिनको लागि त्यति गाह्रो केही पनि छैन । त्यसको लागि कुनै बैंकमा खाता खोलेको हुनुपर्दछ । समा बैंकलाई विस्वास दिनको लागि एउटा लिखत पत्र चाहिन्छ । यसमा आफुले अन्य बैंकबाट डलर कार्ड लिएको छैन, भन्ने लिखत पत्र आवश्यक पर्दछ । प्यान नम्बर अनिवार्य हुनु पर्दछ । यती भएपछि बैंकले एकै दिनमा पनि डलर कार्ड उपल्ब्ध गराउँछ ।
एक बर्षमा जम्मा ५ सय डलर यो त निकै कम भएन र ?
आजको दिनमा हामी सबैलाई थाहाँ भएकै कुरा हो, नेपालको विदेशी विनिमय सञ्चिती घट्दै गईरहेको छ । कति समय सम्मको लागि मात्र नेपालले आयात गर्न सक्छ भन्ने कुराहरु आईरहेको छ । यसलाई पनि ध्यानमा राखेर राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हुनुपर्दछ । यसलाई बढाउने वा घटाउने भन्ने बारेमा हामीलाई निर्देशन आउँछ अनि त्यस अनुरुप नै हामीले पनि यसको लिमिट तोक्ने हो ।
कुमारी स्काई क्लब कार्ड भनेको कस्तो कार्ड हो ? यसको बारेमा बताइदिनुस न ?
कुमारी स्काई क्लब कार्ड हामीले यति एयरलाइन्ससँग समन्वय गरेर ल्याएको कार्ड हो । यो कार्ड लिएर भुक्तानी गर्दा प्रतेक १ सय रुपँैयाको कारोबारमा १ रुपैया ग्राहकहरुले फिर्ता पाउँछन । त्यसरी दिएको पैसा जम्मा हँुदै जान्छ । यसरी जम्मा भइसकेपछि यती एयरलाइन्सको माउन्टेन प्लाईटको टिकट फ्रि मा ग्राहकहरुले पाउँछन । यो ठाउँ अनुसार फरक हुन्छ । यो नेपालमै पहिलो पटक हामीले ल्याएका हौं । हामीले नोटको कारोबार भन्दा डिजिटल कारोबारलाई प्रोत्साहन गर्नको लागि यस्तो प्रोडक्ट ल्याएका हौँ । यसबाट हालसम्म एक जना व्यक्तिले यो सुविधा पाईसक्नु भएको छ भने अन्य १० जना व्यक्ति पनि यो सुविधा पाउँने लाईनमा हुनुहुन्छ । प्राप्त पोइन्ट अनुसार उहाँहरु यात्रा गर्न सक्नुहुन्छ ।
के आजको दिनमा कुनै बैंकको कार्यालय नधाईकिन घरमा बसीबसी मोवाइलबाटै सजिलै कर्जा लिन सम्भव छ त ?
‘फोन लोन’ नामक एक प्रोडक्ट कुमारी बैंकले पनि बजारमा ल्याएको छ । त्यसमा हामीले ग्राहकहरुको लागि सिमा तोकिदिएका छौँ । हरेक महिनाको कारोबार तथा डिपोजिट र बिशेषगरी ग्राहकहरुको आम्दानीलाई ध्यानमा राखेर फोन लोनको व्यवस्था गरिएको छ । यस्तो कर्जा लिनको लागि कुमारी स्मार्ट एपमा गएर त्यहाँबाट अनलाइनमार्फत आवेदन दिन सकिन्छ । यसको लागि बैंक नै धाइरहनुपर्ने कुनै आवश्यक नै हुँदैन । यस्तै युएमआई भन्ने अर्को प्रोडक्ट पनि छ । यो थोरै अवधिको हुन्छ । युएमआई बाट मानौ मैले १ लाख कर्जा लिए भने, त्यसलाई १२ ले भाग लगाएर १२ महिनाको भाका राखेर पनि तिर्न सकिन्छ ।
के डिजिटल कारोबार गर्न जनता सक्षम भइसकेका छन त ? सक्षम बनाउनको लागि कुमारी बैंकले के–के कामहरु गरेको छ ?
यसमा हामीले कस्तो ग्राहकलाई योग्य भन्ने ? यसमा हामीले ग्राहकहरुको विस्तार, उनीहरुको डिपोजिट गर्ने तरिका, कति समयसम्म उनीहरुको पैसा हामीसँग बसिरहन्छ, यस्ता विषहरुलाई हामीले मुख्यतः ध्यान दिन्छौँ । यसैलाई आधार मान्ने हो भने हामीले कस्तो ग्राहक कुन प्रकारको कर्जा लिन आउँछ भन्ने तुरुन्तै आंकलन गर्न सक्छौँ । त्यसैले यीनै आधारमा हामीले ग्राहकहरुको मुल्याकंन गर्ने हो । आजको दिनमा लगभग साढे २ करोड भन्दा बढी मोवाईल कर्जा छ । त्यसमा अहिले सम्म हामीलाई प्रतिक्रया पनि राम्रो आएको छ । अझ यसलाई विस्तारित रुपमा भन्दा हामीले वित्तिय साक्षरता भनेका छौ ।
त्यसमा डिजिटल प्रणालीको बारेमा जानकारी दिन पनि जरुरी हुन्छ । हामीले ठाउँ–ठाउँमा त्यस प्रकारको कार्यक्रम पनि गरिरहेका छौँ । काठमाडौं मात्र होइन, यो भन्दा बहिरको कलेज, तथा बिभिन्न संघ–सस्थालाई पनि उक्त कार्यक्रममा सहभागी गराएका छौँ । कलेज, हस्पिटल, गाउँ–गाउँमा वित्तिय साक्षरता सम्बन्धी कार्यक्रमहरु पनि हामीले गरिरहेका छौ । त्यस दौरान हामीले डिजिटल प्रोडक्टको बारेमा पनि जानकारी दिँदै आएका छौँ । सामाजिक सञ्जालमा पनि हामीले ग्राहकहरुको जागरुकता सम्बन्धी जानकारी पनि दिईरहेका छौँ ।
के सबै ग्राहकहरु बैंकले दिने विविध सेवाहरु लिन योग्य छन् त ?
के सबै ग्राहकहरु बैंकले दिने विविध सेवाहरु लिन योग्य छन् त ? #bankingsamachar #bankingbahas #digitalbanking #godigital #digital #economy Full video: https://youtu.be/08dIc9rGJOU
Posted by Bankingsamachar on Monday, July 18, 2022
प्रतिक्रिया