बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले मनिचेञ्जरलाई पनि डलर सटही सुविधा दिएको छ । नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले बुधबार एक परिपत्र जारी गर्दै मनिचेञ्जरलाई पनि २०० डरलसम्मको सहटी सुविधा प्रदान गर्न सक्ने व्यवस्था गरेको हो ।
‘परिवर्त्य विदेशी मुद्रा बिक्री गर्ने इजाजतपत्र प्राप्त गर्ने मनिचेञ्जरले विदेश भ्रमणमा जाने नेपाली नागरिकहरुलाई राहदानी बापत अधिकतम दुई सय अमेरिकी डलरसम्मको सटही सुविधा प्रदान गर्न सक्नेछन्,’ राष्ट्र बैंकले जारी गरेको परिपत्रमा भनिएको छ ।
नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम ९ को उपविनियम (४० को खण्ड (घ) को व्यवस्था बमोजिम उक्त सुविधा प्रदान गरेको राष्ट्र बैंकले जनाएको छ ।
भारतबाहेक तेस्रो मुलुकमा भ्रमणमा जाने नेपाली नागरिकहरूलाई १५ सय डलर र सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी बापत २०० डलर बराबरको परिवर्त्य विदेशी मुद्रासम्म सटही सुविधा दिने व्यवस्था यथावत रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार २ सयको सीमा पनि १५ सय डलरभित्रै गणना हुनेछ । कुनै व्यक्तिले बैंकबाट १५ सय डलरको सटही सुविधा लिइसकेको छ भने उसले यो सुविधा पाउँदैन । तर, लिएको छैन भने विमानस्थलबाटै २ सय सटही गर्न सक्नेछ ।



About Us
प्रतिक्रिया