टक्सार पिखुवा खोला हाइड्रोपावरको साढे १ लाख कित्ता शेयरको लकइन अवधि सकिँदै


काठमाडौं – टक्सार पिखुवा खोला हाइड्रोपावरको साढे १ लाख कित्ता साधारण शेयरको लकइन अवधि सकिन लागेको छ। कम्पनीको सामूहिक लगानी कोषको स्वामित्वमा १ लाख ४९ हजार ३२ कित्ता साधारण शेयरको लकइन अवधि आगामी मंसिर ५ गतेदेखि समाप्त हुने भएको हो।

कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको कुल ४२ लाख ३० हजार ६६८ कित्ता साधारण शेयरमध्ये १ लाख ५१ हजार ५३३ कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको थियो।

धितोपत्र बोर्डको नियमअनुसार सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको शेयरको लकइन अवधि सर्वसाधारणलाई शेयर बाँडफाँट भएको मितिले छ महिनामा समाप्त हुने व्यवस्था छ।