काठमाडौं – विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ०।२६ प्रतिशत नगद लाभांश ९कर प्रयोजनका लागि० वितरण गर्ने घोषणा गरेको हो।
कम्पनीको असोज २६ गते बसेको सञ्चालक समितिको बैठकले सो लाभांश प्रस्ताव पारित गर्न कार्तिक १८ गते १० औं वार्षिक साधारण सभा बोलाएको छ। सो सभामा लाभांश प्रस्ताव पारित गर्नुका साथै कम्पनीको हाल कायम रहेको कुल पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने तथा सो बापतको रकम उपयोग गर्ने सम्बन्धी स्विकृत गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक १० गते बुकक्लोज गर्ने भएको छ। जस अनुसार कार्तिक ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।






About Us
प्रतिक्रिया