प्रभु बैंकका ग्राहकलाई स्टार हस्पिटलको सेवामा छुट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
प्रभु बैंक र स्टार हस्पिटलबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट डिजिटल सेल्स विभागका प्रमुख भेष राज धमला र स्टार हस्पिटलका तर्फबाट कार्यकारी अध्यक्ष किशोर कुमार महर्जनले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकले स्टार हस्पिटलको सेवा मध्य बेड चार्ज तथा अनुसन्धान सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । यस छुट सेवा लिन चाहाने ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यु आर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।