बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रभु बैंक लिमिटेडले १ लाख ३४ हजार ४३१ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले ३९ हजार ८२० कित्ता शेयर सर्वसाधारणले खरीद गर्न सक्ने गरी विक्रीमा ल्याएको हो भने ९४ हजार ६११ कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न सक्नेछ गरी विक्रीमा ल्याएको हो ।
सर्वसाधारणमा जारी गरिएको ३९ हजार ८२० कित्ता शेयर यस अघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि जारी गर्दा आवेदन प्राप्त नभएकाले अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री खुला गरिएको हो । अन्य व्यक्ति तथा संस्थाहरुले आगामी १५ दिनभित्र खरीद आवेदन पेश गर्नुपर्नेछ ।
विद्यमान संस्थाकहरूले मात्र खरीद गर्न सकिने गरी विक्रीमा आएको ९४ हजार ६११ कित्ता शेयर भने आगामी ३५ दिनसम्म विक्रीमा रहनेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा उक्त शेयर विक्रीमा आउनेछ । यी दुबै प्रकारको शेयर खरीदका लागि सम्बन्धीत शेयरधनीहरुले बैंकको केन्द्रिय कार्यालय बबरमहल काठमाडौंमा आवेदन दिनुपर्नेछ ।



About Us
प्रतिक्रिया