मौद्रिक नीतिको तेस्रो समिक्षाः आयातलाई थप कडाइ गर्ने, ब्याजदर यथावत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आयातमा थप कडाइ गर्ने घोषणा गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिका तेस्रो समीक्षा गर्दै आयातलाई थप कडाइ गर्ने बताएको हो ।

राष्ट्र बैंकले मुद्रास्फीति तथा विदेशी विनिमय सञ्चितिको आयात धान्ने क्षमतामा दबाब पर्दै गएको बताउँदै मौद्रिक नीतिको कार्यदिशालाई थप कसिलो बनाउँदै लगिने समीक्षामा उल्लेख गरेको हो ।

यस्तै, राष्ट्र बैंकले समीक्षा मार्फत् मौद्रिक नीतिको उपर्युक्त कार्यदिशा अनुरुप विद्यमान अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात, बैंक दर र पुनरकर्जा दरहरुलाई यथावत राखिएको बताएकाे छ ।