बैंकिङ्ग समाचार, काठमाडौं ।
महालक्ष्मी विकास बैंकले २८ औँ वर्षमा प्रवेश गरेको छ । जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले नेपाली संस्कृति, पुरातत्व र लोक संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा अतुलनिय भूमिका निर्वाह गर्नुभएका संस्कृतिविद सत्यमोहन जोशीलाई सम्मान गरेको छ ।
उनको निवास बखुम्बहाल, ललितपुरमा आयोजित एक विशेष कार्यक्रमबीच यस बैंकका संचालक समितीका अध्यक्ष राजेश उपाध्यायले अभिन्नदन गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष उपाध्यायले साहित्य, समाजशास्त्र तथा दर्शन विज्ञानतर्फ उहाँको योगदान अविस्मरणीय रहँदै आएको कुरा बताए ।
२८ औँ वार्षिकोत्सव अवसरमा बैंकले आफ्ना १०३ वटा शाखाहरुमा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना गरेको छ । एक शाखा एक वृक्ष, हाम्रो जिम्मेवारी भन्ने मुल नाराका साथ हरेक शाखामा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ ।
साेहि अवसरमा बैंकले महालक्ष्मी स्थानमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । आर्थिक सामाजिक विकासका लागि वातावरण प्रवर्द्धन, सहरी सौन्दर्य प्रवर्द्धन तथा प्रदुषण नियन्त्रणका लागि संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत गरिएको यस कार्यक्रमले टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।



About Us
प्रतिक्रिया