क्युआर कोडप्रती किन सन्तुष्ट छैनन् ग्राहकहरु ?

क्युआर कोडप्रती किन सन्तुष्ट छैनन् ग्राहकहरु ?

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशभरका मुख्य सहरी क्षेत्रका धेरै तरकारी बजार, खाजा घर देखि सार्वजनिक यातायातसम्म डिजिटल भुक्तानीको लागि क्यू आर कोड झुन्डाइएको छ । क्यू आर कोड मार्फत हुने कारोबारलाई देशव्यापी बनाउने नेपाल राष्ट्र बैंकको योजना छ ।

सोही अनुरुप बैंकहरुपनि आक्रमक रुपमा सेवा विस्तार गरिरहेका छन् । उपत्यकाका सबै जस्तो तरकारी बजारमा बैंकहरुले क्यू आर सेवा विस्तार गरिसकेका छन् । साना तथा खुद्रा कारोबारलाई समेट्न क्यू आर कोड सबैभन्दा उपयुक्त माध्यम भएको विश्लेषण छ ।

यस बिषयमा बेल्दै स्मार्ट च्वाईस टेक्नोलोजीका सि.ई.ओ नारायण प्रकाश भुजु भन्नुहुन्छ,‘डिजिटल माध्यमबाट बैंकिङ्ग कारोबार गर्ने ग्राहकहरु धेरै बढीसकेका छन् । जसमा अहिले धेरै बैंकिङ्ग कारोबारहरु डिजिटल माध्यममा गएका छन् । अहिलेको अवस्थामा पैसा राख्ने देखि लिएर, पैसा निकाल्ने र कुनैपनि बिल तथा अन्य भुक्तानी एवम् निजी क्षेत्रमा पनि बिमा जस्तै विभिन्न क्षेत्रमा डिजिटल कारोबार गर्न सकिने ब्यवस्था भइसकेको भएर हालको समयमा ग्राहकहरु डिजिटल कारोबारमा बढी सक्रिय भइसके तथा शिक्षित भइसकेका छन् ।’

यसरी बैंकको क्यू आर कोड राखेपछि नगद बोक्न बाध्यता हट्ने अनुमान रहेको छ । तर बैंकहरुले क्यू आर सेवा बिस्तार गरिसकेका क्षेत्रमा भने दृश्य अलि फरक छ ।

कुलेस्वर स्थित तरकारी बजारमा नविल बैंकले गत वर्षको पुषमा क्यू आर कोड सेवा सुरु गरेको थियो । तर अहिले मुस्किलले यहाँका केहि पसलमा मात्र क्यू आर कोड भेटिन्छ । यस्तै अवस्था छ, नक्साल स्थित तरकारी बजार र कालिमाटी स्थित तरकारी बजारहरुमा, यहाँका पसलहरुमा क्यू आर कोड त राखिएको छ । तर त्यसको प्रयोग भने निकै कम छ ।

कालिमाटी तरकारी बजारका एक व्यापारी भन्छन, ‘वास्तवमै क्यू आर कोडको प्रयोग निकै कम मात्रामा प्रयोग भएको छ । धेरै जस्तोलाई यसको प्रयोगको बारेमा जानकारी नै नभएको र जानकारी भएको भएपनि प्रायः नगदबाट नै भुक्तानी गर्न रुचाउँछन् । कहिले काहीँ भने पैसा नपुगेको अवस्थामा भने मात्र क्यू आर कोडको प्रयोग हुन्छ । तरकारी बजारमा सधैं जसो भिडभाड भइरहने हुनाले क्यू आर स्क्यान भन्दा नगद कारोबार नै सजिलो हुने गर्दछ ।’

यि बाहेक बल्खु, धुम्बराही, बालाजु, चाबहिल लगायतका तरकारी बजारमा पनि क्यू आर कोड राखिएको छ त्यहाँ पनि प्रयोगकर्ता निकै कम छन् । यसको प्रमुख कारण मानिसमा यसबारे सचेतना कम हुनु हो । नागरिकमा त्यसको प्रयोग बारे जानकारी बढाउनुका साथै, आवश्यक पूर्वाधारको बिकास गरिनु अत्यावश्यक छ ।