सोल्टी होटलको ३६.८४ प्रतिशत लाभांश घोषणा, पुस २१ गते साधारण सभा बस्ने


काठमाडौं – सोल्टी होटलले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। होटलले हाल कायम चुक्ता पूँजीको ३६.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। जसमा २० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १६.८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

सो लाभांश प्रस्ताव पारित गर्न होटलले पुस २१ गते,त्रिभुवन आर्मी अफिसर्स क्लब सभामण्डप हल, टुँडिखेल, सुन्धारा, काठमाडौँमा ५२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ होटलले पुस १ गतेदेखि पुस २१ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले साधारण सभामा सहभागि हुन र होटलले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।