कोशी प्रदेशमा एक महिनामा ६७ वटा बैंकिङ्ग कसुरका उजुरी दर्ता 


काठमाडौं – कोशी प्रदेशमा कात्तिक महिनामा ७३१ वटा उजुरी परेका छन्। जसमा आर्थिक अपराधका ८३ वटा उजुरी दर्ता भएका छन्। प्रहरीका अनुसार बैंकिङ्ग कसुरमा ६७ वटा, ठगी सम्बन्धी कसुरमा १७ वटा, अनुचित लेनदेन सम्बन्धी कसुरमा २ वटा उजुरी परेका छन्। 

एक महिनाको अवधिमा ८८१ जना पक्राउ परेका छन्। फैसला कार्यान्वयनतर्फ २०८ जना पक्राउ परेका छन्। जसमा ११५ वर्ष ६ महिना २ दिन कैद अवधि तोकिएको छ। साथै, ४४ लाख २५ हजार जरिवाना उठेको छ। 

त्यस्तै,  ९४ लाख ३९ हजार रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद भएको छ। ९४ लाख ३९ हजार रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद भएको छ। साथै, एक महिनामा ४ हजार ९२० वटा सवारी साधन कारबाहीमा परेका छन्। उनीहरूबाट ४९ लाख ६७ हजार राजश्व सङ्कलन भएको छ।