बैंकिङ्ग समाचार, काठमाडौं ।
बेस्ट फाइनान्स कम्पनी लिमिटेडले चैत ४ गते शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाण्डौंमा बिहान १२ः३० बजे साधारण सभा बोलाएको छ ।
फाइनान्स कम्पनीले लाभांश बिना गत आर्थिक वर्षको साधारण सभा बोलाएको हो । कम्पनीले लगानीकर्ताको लागि यो वर्ष पनि लाभांश नदिएको हो । आर्थिक वर्ष २०६७/६८ यता फाइनान्सले लाभांश वितरण गर्न सकेको छैन ।
सभामा बेस्ट फाइनान्स कम्पनी तथा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती गर्न परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव छ ।
सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिने, आर्थिक वर्ष २०७७/७८ को वार्षिक वित्तीय विवरण, नाफा–नोक्सान हिसाब लगायतलाई प्रस्तावहरु उपर छलफल गरी पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बेस्ट फाइनान्सले फागुन २० गते बुकक्लोज गर्दैछ । यसअनुसार फागुन १९ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने लगानीकर्ता सभामा प्रतिनिधित्व गर्न सक्नेछन् ।
प्रतिक्रिया