बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेले सुचिकृत कम्पनीहरुको विभिन्न ३० भन्दा बढी विवरणहरु माग गरेको छ । नेप्सेले कम्पनीको बर्गिकरणको लागि यी विवरण माग गरेको हो । नेप्सेले फागुन २३ गते सोमबारसम्म यी विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।
नेप्सेले धितोपत्र सूचीकरण नियमावली २०७५ को विनियम ११ बमोजिम कम्पनीहरुको बर्गिकरणको लागि सबै कम्पनीसँग विवरण माग गरेको हो । विवरण प्राप्त भएपछि नेप्सेले कम्पनीहरुलाई 'ए', 'बि', 'जि' र 'जेड' वर्गमा वर्गिकरण गर्ने गरेको छ ।
नेप्सेले माग गरेको कम्पनी विवरणको ढाँचाः
प्रतिक्रिया