अजोड ईन्स्योरेन्सको साधारण सभा सम्पन्न, थप २ शाखा कार्यालय स्थापना गर्ने

अजोड ईन्स्योरेन्सको साधारण सभा सम्पन्न, थप २ शाखा कार्यालय स्थापना गर्ने

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
अजोड ईन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शुक्रबार  सम्पन्न भएको कम्पनीको साधारणसभामा विभिन्न प्रस्ताव पारित भएका छन् ।

२०७७ साल साउन ४ गते सर्वसाधारणमा आईपीओ जारी गरेको कम्पनीले गत वर्षनै ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव अघि सारेको थियो । त्यस अवधिमा नियमक निकाय बीमा समितिको निर्देशनमा स्थगित गरेको उक्त प्रस्ताव हालसम्म पनि अन्योल रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब रहेको छ ।

कम्पनीले चालू आर्थिक वर्ष २०७८/०७९ को पुष मसान्तसम्म बीमा व्यवसाय अभिवृद्धिका लागि देशभर आफ्नो शाखा सञ्जाल विस्तार गरी प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २७ वटा शाखा, २४ वटा उपशाखा कार्यालयहरु, १० बीमा एक्टेन्सन काउण्टर र ३ वटा तेश्रोपक्ष बीमा काउण्टरहरुवाट सेवा प्रदान गर्दै आइरहेको छ । 

थप २ शाखा कार्यालय ठमेल काठमाण्डौ, टोखा काठमाण्डौ र १ उपशाखा बाग्लुङ्गमा खोल्न बीमा समितिबाट स्वीकृति प्रदान गरिएको छ । हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस तथा सोको कारणबाट भएको असरले समग्र अर्थतन्त्रमा परेको नकरात्मक प्रभावका बावजुद कम्पनीले आ.व. २०७७/०७८ मा कुल बीमा शुल्क १ खर्ब ३१ अर्व आर्जन गरेको छ ।

कम्पनीको खुद नाफा १० अर्ब २० करोड रुपैयाँ रहेको र बीमाकोषमा ११ अर्ब २१ करोड रुपैयाँ संचित रहेको छ ।

यस अवधिसम्म कम्पनीले रू. ७९ करोड २१ लाख कुल बीमाशुल्क आर्जन गरेको छ भने रू. ३५ करोड ८ लाख कुल दाबी भुक्तानी गरेको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क संकलनमा ४८.९८ प्रतिशत खुद नाफामा ६० प्रतिशत एवं बीमाकोषमा ७९.८२ प्रतिशतले वृद्धि हासिल गर्न सफल भएको छ ।