ग्रामिण विकास लघुवित्तको साधारण सभा फागुन २८ गते, मर्जर प्रस्ताव पेस हुने

ग्रामिण विकास लघुवित्तको साधारण सभा फागुन २८ गते, मर्जर प्रस्ताव पेस हुने

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २८ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको फागुन २ गतेको सञ्चालन समितिको बैठकले कम्पनीको प्रधान कार्यालय बुटवलबाट भर्चुअल माध्यमबाट विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रबन्धपत्र तथा नियमावलीमा समसामयिक विषयमा संशोधन गर्न सञ्चालक समितलाई अख्तियारी प्रदान गर्नेछ । साथै अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृयामा जाने भएमा त्यसको सम्पुर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।