इमर्जिङ नेपालको आईपीओ आज बाँडफाँड हुँदै, ५१ हजार ६७० जनाले सेयर पाउने

इमर्जिङ नेपालको आईपीओ आज बाँडफाँड हुँदै, ५१ हजार ६७० जनाले सेयर पाउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
इमर्जिङ नेपाल लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आज (बुधबार) बाँडफाँड हुँदैछ ।

माघ २६ गते देखि फागुन १ गते आइतबारसम्म सर्वसाधारणहरुका लागि निष्कासन तथा बिक्री खुला भएको आईपीओको बुधबार दिउँसो ३ः३० बजेदेखि कार्निभल रेष्ट्रो, अनामनगर, काठमाडौंमा बाँडफाँड हुनेछ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको आईपीओ भाग्यमानी ५१ हजार ६६२ जनाले १० कित्ता तथा ८ जनाले ११ कित्ता गोलाप्रथाबाट पाउनेछन् ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडका अनुसार कम्पनीको आईपीओमा अन्तिम दिनसम्म २४ लाख बढीले २ करोड ७८ लाख कित्ता माग गरेका छन् । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ५३.८७ गुणा धेरै हो । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाबाट वितरण हुनेछ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता संस्थाका कर्मचारीहरुका लागि र सर्वसाधारणमा निष्काशन गरिएको ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता म्युचुअल फण्डका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता सेयर खरीदका लागि आह्वान गरिएको थियो ।

इमर्जिङ नेपालको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी प्लस’ रेटिङ दिएको छ । यसले वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने संकेत गर्दछ ।