जोशी हाइड्रोपावरको स्थगित तीन आवको संयुक्त साधारण सभा फागुन ११ मा हुने

जोशी हाइड्रोपावरको स्थगित तीन आवको संयुक्त साधारण सभा फागुन ११ मा हुने


बैंकिङ्ग समाचार, काठमाडौं ।
जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको यस अघि स्थागित तीन आर्थिक वर्षको संयुक्त साधारण सभा फागुन ११ गते हुने भएको छ । कम्पनीले यस अघि माघ ३ गतेका लागि बोलाएको उक्त सभा गणपूरक संङ्ख्या नपुगकाले स्थगित भएको थियो । कम्पनीको फागुन २ गतेको सञ्चालन समितिको बैठकले लिसारा हल, नक्साल काठमाडौंमा विहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो । 

कम्पनीले अघिल्ला तीन  आर्थिक वर्षको पाँऔं, छैठौं र सातौं वार्षिक साधारण सभा संयुक्त रुपमा सम्पन्न गर्न लागेको हो । सभाका लागि विगत तीन आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र आव २०७७/७८ को वार्षिक प्रतिबेदन छलफल गरी पारीत गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव तय गरिएको छ । 

साथै सभाले संस्थापक समूहको प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहको प्रतिनिधत्व गर्ने २ जना सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले यस अघिको साधारण सभा प्रयोजनको लागि पुस २१ गते एक दिन बुक क्लोज गरेको छ । यस आधारमा सोही बुक क्लोजको मिति कायम भएमा पुस २० गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।