बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) दुई कम्पनीको सेयर सूचिकृत भएको छ । आज बैंक अफ काठमाडौं लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेडको सेयर सूचिकृत भएको हो ।
स्टकका अनुसार बैंक अफ काठमाडौं लिमिटेडकम्पनीको १० प्रतिशत बोनस बापतको ९६ लाख ५८ हजार १ सय ७६ दशमलव ४२९० कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । त्यसैगरी, लुम्बिनी विकास बैंक लिमिटेडको १३ प्रतिशत बोनस बापतको ३७ लाख ७८ हजार ३ सय ८९ दशमलव ६१ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।
प्रतिक्रिया