नेप्सेको ओरालो यात्रा कायम, आज २२.११ अंकले घट्यो

नेप्सेको ओरालो यात्रा कायम, आज २२.११ अंकले घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा निरन्तर गिरावट आएको छ । साताको कारोबारको चौथो दिन आज बुधबार पनि नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से २२.११ अंकले घटेर दुई हजार ८ सय १३ दशमलब ४७ विन्दुमा झरेको हो । मंगलबार पनि नेप्से १६.३० अंकले घटेर दुई हजार ८ सय ३५ दशमलब ५८ विन्दुमा बन्द भएको थियो ।    

त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज ३ अर्ब ४७ करोड ११ लाख बराबरको कारोबार भएको छ । मंगलबार ६ अर्ब २८ करोड ७२ लाख बराबरको कारोबार भएको थियो ।              

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीहरु एक कम्पनीको शेयरमूल्य भने बढेको छ । आज लिवर्टी इनर्जी कम्पनीको शेयरमूल्यमा वृद्धि भएको हो । यस कम्पनीको शेयरमूल्य ३.८ प्रतिशतले बढेर प्रतिकित्ता ४०१ रुपैयाँ पुगेको छ । 

त्यस्तै, बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ६.६४ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको भएको छ । यस कम्पनीको आज १८ करोड ६१ लाख भन्दा बढीको कारोबार भएको छ ।