भारी अंकले घटेको बजारमा आज विन नेपाल लघुवित्तसहित ५ कम्पनीको शेयरमूल्यमा उच्च गिरावट

भारी अंकले घटेको बजारमा आज विन नेपाल लघुवित्तसहित ५ कम्पनीको शेयरमूल्यमा उच्च गिरावट


बैंकिङ्ग समाचार, काठमाडौं ।
साताको पहिलो कारोबार दिन आज (आइतवार) नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ४० दशमलव ५७ अंकले घटेको छ । आज नेप्से परिसूचक २ हजार ८३६ दशमलव १७ विन्दुमा झरेको हो । यो दिन कारोबारमा आएका २२८ ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रको मूल्यमा उच्च गिरावट आएको छ ।

विन नेपाल लघुवित्त वित्तीय संस्था, नेपाल लाइफ इन्स्योरेन्स, बुद्धभुमि नेपाल हाइड्रोपावर, तेह्रथुम पावर कम्पनी र छ्याङ्दी हाइड्रोपावर कम्पनीको शेयरमूल्य उच्च दरले घटेको हो । ती पाँच ओटा कम्पनीमध्ये विन नेपाल लघुवित्तको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

विन नेपाल लघुवित्तको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ७६३ मा झरेको छ । उक्त कम्पनीको शेयरमूल्य विगत १० दिनदेखि सकारात्मक सर्किट लाग्दै आएको थियो  ।

त्यसैगरी नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य ७ दशमलव ६१ प्रतिशत घटेर रू. १ हजार ५०६ मा झरेको छ । त्यसैगरी बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य ६ दशमलव ४५ प्रतिशत,तेह्रथुम पावरको ४ दशमलव ४१ प्रतिशत र छ्याङदी हाइड्रोपावरको शेयरमूल्य ४ दशमलव ३९ प्रतिशतका दरले घटेको हो । 

त्यसैगरी आज बुद्धभुमि नेपालको शेयरमूल्य प्रतिकित्ता रू.६९६, तेह्रथुम पावरको रू.६०७ र छ्याङदी हाइड्रोपावरको शेयरमूल्य रू.४९०.५० कायम भएको छ ।

आइतवार समग्र बजार घटेसँगै ती कम्पनीहरुको शेयरमा पनि क्रेताभन्दा विक्रेता हावी भएकाले शेयरमूल्य घटेको हो ।