ज्योति लाइफको बीमा प्रिमियम खल्ती वालेटबाट तिर्न सकिने


बैंकिङ्ग समाचार,काठमाडौं ।
अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा प्रिमियम खल्तीबाट तिर्न सकिने व्यवस्था गरेको छ ।

खल्तीबाट प्रिमियम तिर्दा प्रयोगकर्ताहरुले एक हजारसम्मको क्यासब्याक पाइने अफर ल्याएको छ । साथै ५००० सम्म को खल्ती पोइन्ट्स र पहिलो भुक्तानीमा INSURE100 प्रोमोकोड प्रयोग गरी एक सयको क्यासब्याक पनि प्राप्त गर्नेछन् ।

यस सुविधा बारेमा जानकारी गराउदै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “प्रविधि र विकासको परिवर्तनसँगै, डिजिटाइजेसनको आवश्यकता द्रुत रूपमा बढिरहेको छ । धेरै बीमा ग्राहकहरूले डिजिटल प्लेटफर्म मार्फत आफ्नो प्रिमियम तिर्न रुचाउँछन् । डिजिटल कारोबारलाई अझ प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो अफर ल्याईएको हो ।”

कम्पनीको नविकरण बीमा शुल्क खल्तीबाट तिर्न खल्ती एप लगइन गरि “इन्स्योरेन्स” आइकन मा ट्याप गर्ने, “ज्योति लाइफ इन्स्योरेन्स” सेलेक्ट गर्ने, DOB र Policy Number भर्नुहोस् र विवरणहरू प्राप्त गर्न ट्याप गर्ने, त्यसपछि सम्पुर्ण विवरण दाखिला गरि “प्रोसिड टु पे” मा क्लिक गर्नु पर्नेछ ।

पाँच हजार माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो खल्ती केवाईसी भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ । खल्ती खाता नभएको खण्डमा साइन अप गरि वा नेपालभरि फैलिएको खल्तीको कुनै पनि खल्ती सेवा केन्द्रबाट पनि भुक्तानी गर्न सकिनेछ ।

Skip This