आँखुखोला जलविद्युतको संस्थापक र स्थानियलाई शेयर अभौतिकीकरण गराउन आग्रह

आँखुखोला जलविद्युतको संस्थापक र स्थानियलाई शेयर अभौतिकीकरण गराउन आग्रह


बैंकिङ्ग समाचार, काठमाडौं ।
आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले संस्थापक शेयरधनीहरु र आयोजना प्रभावित स्थानियहरुलाई आफ्नो शेयर अभौतिकीकरण गराउन भनेको छ । कम्पनीले कात्तिक ७ गते सुचना जारी गरी धितोपत्र दोस्रो बजारमा शेयर सूचीकृत भैसकेको अवस्थामा आफ्नो शेयर हितग्राही खातामा जम्मा गराउन आग्रह गरेको हो । सम्बन्धीत  शेयरधनीहरुले आफ्नो पुरानो शेयरको प्रमाणपत्र कम्पनीका शेयर रजिष्ट्रार सिभिल क्यापिटल मार्केटमा पेश गरी त्यहाबाट नयाँ शेयर प्रमाणपत्र लिई आफ्नो हितग्राही खाता खोलेको संस्थामा सहज तरिकाले शेयर अभौतिकीकरण गर्न कम्पनीले भनेको छ ।

यस कम्पनीको संस्थापक तर्फको शेयर र आयोजना प्रभावित स्थानियमा वितरण भएको शेयर कारोबार फुकुवा भैसकेको छ । कुनै पनि कम्पनीको संस्थापक तर्फको शेयर सर्वसाधारणमा बाँडफाँट भएको मितिले तीन वर्ष र आयोजना प्रभावित स्थानियको शेयर पनि बाँडफाँट भएको मितिले तीन वर्षसम्म कारोबार गर्न नपाईने व्यवस्था छ । सोही व्यवस्था बमोजिमको अवधि पुरा गरी कम्पनीको संस्थापक तर्फको शेयर कारोबार कात्तिक १२ गतेदेखि र आयोजना प्रभाति स्थानियको शेयर कारोबार असोज ५ गतेदेखि फुकुवा भएको हो ।

कम्पनीले २०७५ साल असोज ४ गते आयोजना प्रभावित स्थानियमा ६ लाख २३ हजार ९८० कित्ता शेयर बाँडफाँट गरेको थियो । त्यस्तै कम्पनीले सर्वसाधारण तर्फको शेयर २०७५ साल कात्तिक ११ गते बाँडफाँट गरेकाले कात्तिक १२ गतेदेखि संस्थापक तर्फको शेयर कारोबार समेत फुकुवा भएको हो । कम्पनीको संस्थापक तर्फ ६० लाख कित्ता शेयर रहेको छ ।