बैकिङ्ग समाचार ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ ।
स्टकका अनुसार मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड , ग्रीन डेभलपमेन्ट बैंक र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस र साधारण सभाको बुकक्लोजसँगै मंगलबार मूल्य समायोजन गरिएको हो ।
मिथिला लघुवित्तको १२ प्रतिशत बोनसपछि नेप्सेले प्रतिकित्ता १ हजार ६४२ रूपैयाँ निर्धारण गरेको छ । सोमबार कारोबार भएको अन्तिम कारोबार मूल्य १ हजार ८३९ रुपैयाँका आधारमा नेप्सेले मूल्य समायोजन भएको हो ।
यस्तै ग्रीन डेभलपमेन्ट बैंकको ३.८० प्रतिशत बोनसपछि नेप्सेले प्रतिकित्ता १६९ रूपैयाँ निर्धारण गरेको छ । सोमबार कारोबार भएको अन्तिम कारोबार मूल्य १७५ रुपैयाँका आधारमा नेप्सेले मूल्य समायोजन भएको हो ।
उता नेपाल इन्स्योरेन्सको ८ प्रतिशत बोनसपछि ७८१ रूपैयाँमा शेयरमूल्य समायोजन भएको छ । सोमबार कारोबार भएको अन्तिम कारोबार मूल्य ८४३ रुपैयाँका आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो ।
प्रतिक्रिया