सनराइज ब्लूचिप फण्डको इकाई चैत १६ गतेसम्म विक्रीमा रहने

सनराइज ब्लूचिप फण्डको इकाई चैत १६ गतेसम्म विक्रीमा रहने


बैकिङ्ग समाचार । 

चैत १ गतेदेखि सार्वजनिक निष्कासनमा आएको सनराइज ब्लूचिप फण्डको इकाई ढिलो अवधि चैत १६ गतेसम्म विक्रीमा रहने भएको छ । 

छिटो अवधि चैत ४ गतेसम्म माग बमोजिम आवेदन नपरेपछि ढिलो अवधिसम्म विक्री खुला गर्न लागिएको हो । उक्त अवधिभन्दा अगावै माग बमोजिम आवेदन परेमा विक्री बन्द गरिनेसमेत योजना व्यवस्थापक सनराइज क्यापिटलले बताएको छ ।

सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यस फण्डले रू. १ खर्ब बराबरको १० करोड इकाई विक्री खुला गरेको हो ।

 कुल इकाईमध्य कोष प्रवर्द्धक सनराइज बैंकलाई १५ प्रतिशतका दरले १ करोड ५० लाख इकाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासनमा ल्याएको हो । 

प्रतिइकाई मूल्य रू. १० रहेको यो इकाई खरीदका लागि आवेदन दिंदा न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । सनराइज क्यापिटलले १० वर्षमा परिपक्व हुने गरी बन्दमुखी योजना सञ्चालन गर्न लागेको हो । 

इकाई बाँडफाँट भएको मितिले १० वर्षपछि योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसाबले प्रचलित कानून बमोजिम वितरण गरिने क्यापिटलले बताएको छ ।

उक्त योजनाका इकाईहरु धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई कारोबार गर्न सकिने व्यवस्था पनि क्यापिटलले गर्नेछ । 

इकाई विक्री प्रबन्धकमा पनि सनराइज क्यापिटलनै रहेको छ । विक्री प्रबन्धकसँगै इकाई खरीदका लागि सी आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

साथै मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।