बैकिङ्ग समाचार ।
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ हजार कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्ने भएको छ।
सो शेयर खरिदका लागि साविकका संस्थापक शेयरधनी वा योग्य जो कोहि व्यक्ति, कम्पनी, संघ संस्थाहरुले चैत ३ गतेदेखि बैशाख ६ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। शेयरको न्यूनतम मूल्य २७५ रुपैयाँ तोकिएको छ। त्यसैले लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ।
लगानीकर्ताले न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। सोभन्दा बढी शेयर खरिद गर्नका लागि बोलपत्रदाताले १० अंकको गुणाङ्कमा अधिकतम २५ हजार कित्ताको लागि आवेदन दिनुपर्नेछ।
लघुवित्तको शेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
प्रतिक्रिया