उन्नति सहकार्य लघुवित्तको लाभांश घोषणा, आधा बढीले घट्यो लाभांश

उन्नति सहकार्य लघुवित्तको लाभांश घोषणा, आधा बढीले घट्यो लाभांश

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था (USLB) ले गत आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको फागुन २३ गते आइतबार सम्पन्न १६० औं बैठकले १७.८१०३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

सहकार्य लघुवित्तसँगको मर्जरपछि प्रस्तावित उक्त लाभांश अघिल्लो आव २०७५/७६ को तुलनामा आधाभन्दा धेरै (२२.८२ प्रतिशत) कम हो । आव २०७५।७६ को नाफाबाट लघुवित्तले ३८.६० प्रतिशत बोनस शेयर र २.०३ प्रतिशत नगद लाभांश ४०.६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यसअनुसार लघुवित्तले चुक्ता पूँजी १४ ककरोड ९५ लाख ३६ हजार ६५० रुपैयाँको १७.८१ प्रतिशतले हुन आउने २ करोड ६६ लाख ३३ हजार ५६ रुपैयाँ बराबरको बोनस लाभांश वितरण गर्नेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वकृति तथा लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् । बोनस वितरणपछि लघुवित्तको चुक्ता पूँजी १७ करोड ५० लाख ७९ हजार ५० रुपैयाँ पुग्नेछ ।