महिला लघुवित्तको आईपीओ ३७ हजार ५०० जनालाई गोलाप्रथाबाट १० कित्ता बाँडफाँड

महिला लघुवित्तको आईपीओ ३७ हजार ५०० जनालाई गोलाप्रथाबाट १० कित्ता बाँडफाँड

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।

महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर (आईपीओ) शुक्रबार बाँडफाँड भएको छ । उक्त आईपीओ कुल आवेदकमध्ये गोलाप्रथाबाट ३७ हजार ५०० जनाले गोलाप्रथाबाट १० कित्ता हात पारेका छन् ।

यसैगरी लघुवित्तका १५३ जना कर्मचारीलाई ५ हजार कित्ता शेयर बाँडफाँड गरिएको छ भने सामुहिक लगानी कोषका लागि २० हजार कित्ता बाँडफाँड गरिएको छ ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय हात्तिसारमा शुक्रबार बिहान ८ बजे धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम बाँडफाँड भएको हो ।

सीमित संख्यामा निष्काशन भएको आईपीओमा उच्च आवेदनका कारण महिलाको आईपीओ साढे २ प्रतिशत आवेदकले मात्रै पाएका हुन् । बिक्री प्रबन्धकका अनुसार लघुवित्तको आईपीओमा कुल १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएका थिए । जसमध्ये १५ लाख ३६ हजार ६८२ जनाको आवेदन सदर भएको थियो भने ३ हजार ३५३ आवेदकको आवेदन रद्ध गरिएको छ ।

लघुवित्तको आईपीओ भरेका आवेदकमध्ये १५ लाख २ हजार ५३५ जनाको हात खाली भएको छ । जुन कुल आवेदकको साढे ९७ प्रतिशतभन्दा बढी हो ।

आईपीओमा कुल २ करोड ३७ लाख ४७ हजार ५९० कित्ता शेयरको माग भएको थियो । जसमध्ये ५४ हजार ९६० कित्ता दोहोरो आवेदनका कारण रद्ध गरिएको जनाइएको छ । २ करोड ३६ लाख ९२ हजार ६३० कित्ताको माग सदर भएको थियो ।

लघुवित्तले प्रतिशेयर मूल्य १०० रुपैयाँ अंकित दरका ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो । जसमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर संस्थाका कर्मचारी तथा ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामुहिक लगानीकोषहरुका लागि छुट्याइएका थियो । बाँकी ३ लाख ७५ हजार कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

लघुवित्तले माघ ३० गतेदेखि फागुन ५ गतेसम्म सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गरेकोमा फागुन १४ गते शुक्रबार बिहान बाँडफाँड गरेको हो ।