नेशनल हाइड्रोपावर कम्पनीको नाफा २० % घट्यो

नेशनल हाइड्रोपावर कम्पनीको नाफा २० % घट्यो

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।

 नेशनल हाइड्रोपावर कम्पनीले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २० प्रतिशतले कमि आएको छ ।

गत आवको दोस्रो त्रैमासमा कम्पनीले रू. १ करोड ७७ लाख नाफा कमाएको उक्त कम्पनीको नाफा चालू आवको सोही अवधिमा घटेर रू. १ करोड ४० लाखमा सिमित भएको छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको विद्युत् विक्री आम्दानीमा कमि आएकाले नाफा घटेको देखिएको छ । 

गत आवको दोस्रो त्रैमासमा कम्पनीले विद्युत् विक्री बापत रू. ५ करोड ६१ लाख आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा घटेर रू. ५ करोड ४५ लाखमा सिमित भएको हो । 

कम्पनीको  चुक्तापूँजी रू. १ अर्ब ३८ करोड ५९ लाख रहेकोे छ भने जगेडा कोषमा रू. ३२ करोड ४७ लाखभन्दा बढी ऋणात्मक रहेको छ । 

त्यसैगरी चालू आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २ शदमलव ७७ वार्षिकीकरण, मूल्य आम्दानी अनुपात ४१ दशमलव ८६ र प्रतिशेयर नेटवर्थ रू. ७६ दशमलव ५७ पुगेको छ ।