काठमाडौं – वैदेशिक रोजगारीको लागि रोमानिया र क्रोयसिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्लाका बिरेन्द्र शाही रहेका छन्।
प्रहरीका अनुसार, उनले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि रोमानिया र क्रोयसिया पठाइदिन्छु भन्दै ८ जनाबाट १८ लाख ठगी गरेका थिए।
उनलाई भक्तपुरको सुर्याविनायक कटुञ्जेबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया