३ हजार २ सय रुपैयाँले घट्यो सुन, तोलाको कति ?


काठमाडौं – नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा तीन सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला तीन हजार दुई सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८० हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला तीन हजार नौ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार आठ सय २५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय पाँच रूपैयाँ घटेको हो।