काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्सले संस्थापक र सर्वसाधारणको शेयरधनीको स्वामित्व परिवर्तन गर्ने निर्णय गरेको छ। कम्पनीको कार्तिक १२ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। कम्पनीले संस्थापकको स्वामित्व ७० प्रतिशतबाट घटाएर ५१ प्रतिशत र सर्वसाधारणको स्वामित्व ३० प्रतिशतबाट बढाएर ४९ प्रतिशत पुर्याउन लागेको हो।
कम्पनीको सञ्चालक समितिको बैठकले शेयर स्वामित्व परिवर्तनसम्बन्धी प्रस्ताव आगामी वार्षिक साधारणसभामा लैजाने निर्णय समेत गरेको प्रस्ताव अनुसार कम्पनीमा संस्थापक शेयरधनीको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण शेयरधनीको हिस्सा ४९ प्रतिशत कायम हुनेछ। यसका लागि नेपाल बीमा प्राधिकरणलगायत सम्बन्धित नियामक निकायबाट आवश्यक स्वीकृति लिनुपर्ने कम्पनीले जनाएको छ।






About Us
प्रतिक्रिया